Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोटोनले युरोपियन मार्केटको लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउने

फोटोनले युरोपियन मार्केटको लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउने


काठमाडौं । चीनको कमर्सियल भेहिकल ब्रान्ड फोटोन ग्रुपले पियाजियो ग्रुपसँग मिलेर युरोपियन मार्केटको लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउने भएको छ । चीनको बेइजिङमा पियाजियो ग्रुपका सीईओ मिसेल कोलानिंनो र फोटोन मोटर ग्रुपका भाइस प्रसिडेन्टमा रेंताओले एक कार्यक्रममा नयाँ रेन्जको इलेक्ट्रिकल पोर्टर (इलेक्ट्रिक लाइट कमर्सियल) गाडी बनाउने सहमति गरेका छन् ।

यस सहकार्यका अनुसार नयाँ रेन्जको यस इलेक्ट्रिक लाइट कमर्सियल गाडी इटालीमा, पियाजियोको फ्याक्ट्रीमा उत्पादन हुनेछ । इन्टर सिटीको आवश्यकताअनुसार कम्तिमा एक टन पेलोड भएको गाडी दुई नयाँ मोडेल फोर ह्वील इलेक्ट्रिक कमर्सियल थप गर्न पियाजियो ग्रुपलाई यस सहकार्यले मद्दत गर्नेछ । यसभन्दा अगाडि पनि यी दुई ग्रुपबीच सहकार्य भई युरोपियन मार्केटको लागि २०२१ मा युरोपमा धेरै रुचाएको पहिलो सिटीट्रक, पोर्टर एनपी सिक्सजस्ता गाडीहरु उत्पादन गरिएको थियो । नेपालमा फोटोनको लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप, इलेक्ट्रिक भ्यान, मिनी ट्रक बिक्रीवितरण गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया