Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलद्वारा ३५ सय ग्राहकलाई बोनस ब्यालेन्स प्रदान

एनसेलद्वारा ३५ सय ग्राहकलाई बोनस ब्यालेन्स प्रदान


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सयभन्दा बढी ग्राहकलाई जनही एक सय रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाइँकै लागि’ थिमअन्तर्गत सञ्चालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो ।

गत भदौ ३१ देखि २८ दिनसम्मका लागि यो योजना सञ्चालन गरिएको थियो । यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए । दैनिक उपहारबाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु एक सय रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए । साप्ताहिकरुपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो ।

एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्ने जनाएको छ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् । ४५ हजारभन्दा बढी नाराहरु पठाई यो योजनालाई बृहत्रुपमा सफल बनाउन योगदान पु¥याएकोमा एनसेलले आफ्ना ग्राहकहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया