सरकारविरोधी प्रदर्शनमा झडप हुँदा बंगलादेशमा एक प्रहरीको मृत्यु
नानिङ । बंगलादेशको मध्य ढाकामा विपक्षी समूहद्वारा शनिबार गरेको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रहरीको मृत्यु भएको छ ।
केही घण्टासम्म चलेको हिंसात्मक झडपमा एक अधिकारीको मृत्यु हुनुका साथै सयाँै व्यक्ति घाइते भएका प्रहरीले पुष्टि गरेको छ । विपक्षी समर्थकको ठूलो भीडमाथि शनिबार प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । बंगलादेशका दुई प्रमुख विपक्षी दलका एक लाखभन्दा बढी समर्थकले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रमुख विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक लाइभ फुटेजमा एकपछि अर्काे गरी साउन्ड ग्रिनेड पड्किएको र सडकबाट कालो धुवाँको मुस्लो उठेको देखिन्छ भने हजारौं मानिस सुरक्षाका लागि दौडिरहेका थिए ।
एएफपीका संवाददाताका अनुसार प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गर्दा राजधानीको मध्यभागका सडक र गल्लीहरूमा हिंसा फैलिएको थियो भने प्रदर्शनकारीहरूले ढुंगा र इँटा प्रहार गरेका थिए ।
ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले एएफपीसँग कुरा गर्दै भने, ‘विपक्षी प्रदर्शनकारीहरूले हवल्दारको टाउकोमा छुरा प्रहार गरेका थिए ।’
बिएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीको प्रदर्शन यस वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो भएको एएफपीका पत्रकारले बताएका छन् ।
बंगलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन र बंगलादेशले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा छिमेकी भारतलाई उछिनेर तीव्र आर्थिक वृद्धिको निरीक्षण गरिरहेकी छिन, तर मुद्रास्फीति बढेको छ र उनको सरकारमाथि भ्रष्टाचार र मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ ।
प्रहरी निरीक्षक बच्चु मियाले रबरको गोलीबाट घाइते भएका कम्तीमा २० जनालाई देशकै सबैभन्दा ठूलो ढाका मेडिकल कलेज अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए ।
शहरको सबैभन्दा ठूलो क्याथोलिक चर्चअगाडि विपक्षी समर्थकले लाठी प्रहार गर्नुका साथै एउटा बस र एउटा प्रहरी चौकीमा आगजनी गरेपछि झडप सुरु भएको थियो । बिएनपीले हिंसाको विरोधमा आइतबार देशव्यापी हड्तालको आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता जहीर उद्दिन स्वपनले भने, ‘प्रहरी र सशस्त्र सत्तारूढ दलका कार्यकर्ताले हाम्रो शान्तिपूर्ण ¥यालीमा आक्रमण गरेपछि दुईपक्षबीच तनाव बढेको थियो ।
प्रदर्शनमा अवाञ्छित गतिविधि रोक्न र शान्ति कायम गर्न कम्तीमा १० हजार प्रहरी तैनाथ गरिएको थियो भने हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । रासस/सिन्हा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया