पर्वतारोहण संघको स्वर्ण महोत्सव
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण संघले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउन लागेको हो ।
महोत्सवमा विश्वविख्यात आरोहीहरुको सहभागिता रहने र त्यहाँ समग्र पर्वतीय पर्यटन विकासबारे छलफल हुने बताइएको छ । यस्तै मंगलबार एसिया महादेशमा रहेका अल्पाइन क्लबहरुको छाता संस्थाको रुपमा रहेको एसियाली पर्वतारोहण महासंघको साधारणसभा काठमाडौं आयोजना हुने संघले जानकारी दिएको छ । नेपालको पर्वतीय पर्यटनलाई टेवा पु-याउने उद्देश्यले आयोजना हुने साधारणसभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहनेछ । त्यसैगरी बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आर्मी अफिसर्स क्लबमा विशेष समारोह आयोजना गरिनेछ । सो कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा विशिष्ट अधिकारीसहित विश्व पर्वतारोहण महासंघका अध्यक्ष, एसियाली पर्वतारोहण महासंघका अध्यक्ष, विभिन्न अल्पाइन क्लबका प्रतिनिधि, विश्व विख्यात आरोहीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
संघको स्थपना दिवसका अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण संघका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको संघले जनाएको छ । विश्वभरका चर्चित आरोहीको नेपाल आगमन र विभिन्न गन्तव्यको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने संघका महासचिव मोहन लम्सालले बताए । एसियाली पर्वतारोहण महासंघ र विश्व पर्वतारोहण महासंघका प्रतिनिधिको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने संघका अध्यक्ष निमानुरु शेर्पाले बताए । एसियाली पर्वतारोहण महासंघको साधारणसभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने संघका अध्यक्ष शेर्पाले जानकारी दिए । हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे पनि छलफल हुनेछ ।
सोही कार्यक्रममा संघले हरेक वर्ष प्रदान गर्दै आइरहेको कुमार खड्ग विक्रम शाह प्रतिभा पुरस्कार, दावानर्बु शेर्पा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार र डा. हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै संघले यसै वर्षदेखि स्थापना गरेको पासाङल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार आठ हजार मिटरभन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल महिला आरोही पासाङल्हामु शेर्पा ‘अकिता’लाई प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।
यस्तै जलवायु परिवर्तनले पार्ने अवसरबारे विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम पनि रहेको छ । सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेर कीर्तिमान कायम गर्ने काजी शेर्पाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थर पु-याउनाका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको संघले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
- प्रधानमन्त्रीको दाबीजस्तो अर्थमा सुधार देखिएन
- भरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित
- चार महिनामा साढे १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
- लघुवित्तहरूको वित्तीय स्थिति
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया