Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग८४ वर्षीय क्यानडियन नागरिकले गरे बन्जी

८४ वर्षीय क्यानडियन नागरिकले गरे बन्जी


काठमाडौं । एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानडिएन नागरिक मिसेल जुत्रासले बन्जी गरेका छन् । उनले पटक बन्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

८४ वर्षीय मिसेलले बन्जी गरि क्लिफमा सबैभन्दा बढी उमेरसमूहअन्तरर्गतका रेकर्ड कायम गरेका छन् । यसअघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बन्जी गरेकी थिइन् । बन्जीपछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया