Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहामारीको मौका छौपी कालोबजारी

महामारीको मौका छौपी कालोबजारी


धनबहादुर जप्रेल
कञ्चनपुर, वैशाख ३०
विश्वभरमा कोरोनाभाइरस(कोभिड १९) ले आतङ्क मच्चाइरहेको छ । कोरोना भाइरससंक्रमण नियन्त्रणका लागि विश्वमा नैलकडाउन भइरहेका बेला कञ्चनपुरका केही व्यापारी भने महामारीका मौका छोपी सामानको मूल्य बढाएर कालोबजारी गर्नमा व्यस्त भएका छन् । व्यापारीहरूले नुनदेखि औषधिसम्म मानिसका लागि चाहिने आवश्यक सबै वस्तुतथा सेवामामूल्यवृद्धि गरेका छन् ।

मौकामा चौका हान्ने र कमाउने दाउमा रहेका व्यापारीले कृतिम अभाव देखाउँदै अनेक बहानाबाजी गरेर समानको मूल्यवृद्धि गरिरहेको पाइएको छ । औषधि पसलदेखि किराना, तरकारी र हार्डवेयरका समानको मूल्य उपभोक्ताको डाढ सेक्ने हिसाबले मूल्यवृद्धि गरिरहेका स्थानीयले गुनासो छन् । स्थानीय क्षेत्रमा तरकारी उत्पादन हुँदाहुँदै पनि भारतबाट आएको विषादीयुक्त तरकारीदेखि फलफूलको मूल्यसमेत आकासिएको छ ।साल्टटे«डिङ कर्पोरेशनले एक प्याकेट नुनको मूल्य २० रूपैयाँ तोकेपनि व्यवसायीले अभाव देखाएर २५ देखि ३० रूपैयाँसम्म लिइरहेका छन् । त्यस्तै आलुको मूल्य प्रतिकिलो ७०रूपैयाँँ पुगेको छ । यसअघि आलुको मूल्य प्रतिकिलो ४० रूपैयाँ थियो, ५० रूपैयाँ प्रतिकिलोमा पाइने प्याज ७० रूपैयाँ, सुकेको खुर्सानी छ सय रूपैयाँ किलो रहेको छ । यसअघि खुर्सानी प्रतिकिलो तीन सय ५० रूपैयाँमा थियो ।

त्यसैगरीफलफूलमा पनि मूल्य वृद्धि गरिएको छ । एक सय ५०रूपैयाँँदेखि दुई सयमा पाइने स्याउ दुई सय ५० देखि तीन सय ५०रूपैयाँँ, दुई सयमा पाइने अनार चार सयरूपैयाँँ र ७० देखि ९० रूपैयाँमा पाइने केरा प्रतिदर्जन सयदेखि एक सय २० रूपैयाँ पुगेको छ । यस्तै खाद्यान्नको समेत मूल्यवृद्धि गरिएको पाइएको छ । मोटा चामल, दालको मूल्यवृद्धि गरिएको पाइएको हो । प्रतिकिलो ३५ रूपैयाँँमा पाइने मोटा चामल अहिले प्रतिकिलो४० रूपैयाँ र एक सय २० रूपैयाँमा पाइने दाल एक सय ९० रूपैयाँसम्म पुगेको छ । त्यस्तै मदिरा तथा सुर्तिजन्य पदार्थको पनि मूल्यवृद्धि भएको छ । १० रूपैयाँमा पाइने सुर्तिको प्याकेट २०, ५० रूपैयाँमा पाइने तल्लोस्तरको मदिरा ६० देखि ७० रूपैयाँमा बिक्री भइरहेको छ ।

औषधि पसल क्षेत्रमा समेत कालोबजारी एव नागरिकको स्वास्थ्यमा खेलवाड भइरहेको पाइएको छ । औषधिको म्याद समाप्त भएका औषधि बिक्री गरिरहेको पाइएपछि कैलाली र कञ्चनपुरको संयुक्त बजार अनुगमनको टोलीले जिल्लाको भीमदत्त नगरपालिका ४ मा रहेको तिवारी मेडिकललाई जरिवाना गराएको छ । उक्त मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १५ हजार जरिवाना तोकिएको जनाएको छ ।

महामारीका बेला कालोबजारी गर्नेमाथि अन्य स्थानीय तह जिल्लामा कारबाही भएपनि कञ्चनपुरमा नभएको सर्वसाधारणको दुखेसो छ । हरेक समानको मूल्यवृद्धि गरिएपछि उपभोक्ताले समेत विरोध गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष प्रभुनिधि पन्तले स्थानीय सरकारको कमिकमजोरीका कारण बजारमा दैनिक उपभोग्यदेखि अन्य समानको कालोबजारी बढेको बताए । नियमित बजार अनुगमन नगर्दा हरेक समानको मूल्यवृद्धि गरिएको उनले बताए ।

स्थानीय सरकार सञ्चालन ऐनमा संयुक्त बजार अनुगमन उप–प्रमुखको नेतृत्वमा गर्नुपर्ने भएपनि कञ्चनपुरका कुनैपनि स्थानीय तहले प्रभावकारी बजार अनुगमन नगर्दा उपभोक्ता मारमा परेका हुन्  । कञ्चनपुर वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले महामारीका बेला कालोबजारी गर्ने, तस्करी गर्ने जोसुकै व्यापारी वा व्यक्ति भए कारबाही गर्नुपर्ने बताए । भीमदत्त नगरका उप–प्रमुख एवं बजार अनुगमन समिति संयोजक शुशिला चन्द (सिंह)ले बजार नखुल्दा अनुगमन गर्न समस्या भएको तर सोमबारदेखि बजार अनुगमन सुरु गरेको बताइन् । कालोबजारी गरेका जानकारी पाएमा तत्काल भीमदत्त नगरको टोल फ्रस् नम्बरमा खबर गर्न समेत उनले अनुरोध गरिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x