Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसंस्थागत लगानीकर्तालाई रकम बुझाउन नेप्सेको आग्रह

संस्थागत लगानीकर्तालाई रकम बुझाउन नेप्सेको आग्रह


काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले संस्थागत लगानीकर्ताहरूलाई दस्तुर रकम बुझाउन आग्रह गरेको छ । बुक बिल्डिङमार्फत् गरिने सेयर निष्कासनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको नेप्सेले जनाएको छ ।

नेप्सेले सार्वजनिक रूपमा सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत् गरिने निष्काशनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्बन्धको पत्रबमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा योग्य संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको हो ।

नेप्सेका अनुसार पहिले नै दर्ता भइसकेका संस्थागत लगानीकर्ताले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ भने दर्ता नभएका कम्पनीले दर्ता शुल्क बुझाउनुपर्ने छ । बुक बिल्डिङमा सहभागी हुने संस्थागत लगानीकर्ताका लागि दर्ता शुल्क १० हजार रुपैयाँ र वार्षिक नवीकरण शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया