Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजार घटेर राताम्मै

सेयर बजार घटेर राताम्मै

कारोबार रकम ५७ करोड रुपैंयाँमा खुम्चियो


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार १४ दशमलव २९ अंकले ओरालो लागेर १८ सय ६४ दशमलव ४० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३४ अंकले ओरालो लागेर तीन सय ६० दशमलव ७८ बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज दुई सय ८६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट २५ हजार छ सय २५ पटकको कारोबारमा २२ लाख ५८ हजार एक सय ८७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ रुपैंयाँमा सिमित हुन पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । सो मध्ये बाँणिज्य बैक, बिकास बैक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया