Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं, वैशाख ३०
नेपाललाई चीन सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ  । चीनले नेपाललाई ४० हजार पीसीआर टेस्ट किट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, पीपीई सेट १० हजार थान उपलब्ध गराएको हो ।

उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई सोमबार आयोजित एक कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले हस्तान्तरण गरेकी हुन् । यसअघि पनि चीनको विभिन्न प्रान्तीय सरकार र विभिन्न संस्थाले पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेभन्दा अलि फरक नीति अवलम्बन गरेको बताए ।

मन्त्री ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अवलम्बन गरिएको जानकारी दिए । उनले भने, ‘पहिले प्रवेश गर्न नदिने नीतिमा थियौँ, अहिले हामी यसको विस्तार सीमित गराउने अभियानमा लागेका छौँ ।’ मन्त्री ढकालले मानवीय क्षतिविना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको उल्लेख गरे । स्वास्थ्य सामग्री र अनुभव दुवैको अभावका बीचमा पनि राम्रो प्रयास भइरहेको भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंसा गरे ।

उनले कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेका नीति र बाटोलाई विश्वका जुन–जुन राष्ट्रले अनुशरण गरे उनीहरूले जोखिम निन्त्रयणका लागि महत्वपूर्ण शिक्षा प्राप्त गरेको बताए । उनले चीनका तर्फबाट विभिन्न मोडलमा भइरहेको चिकित्सकीय छलफल र अन्तर्क्रियाले पनि नेपालमा कोरोना रोकथामका लागि महत्वपूर्ण काम गरेको बताए ।

मन्त्री ढकालले अभावको समयमा चीनले अत्यावश्यकीय स्वास्थ्य सामग्री अझै उन्नतस्तरमा पठाएर धेरै राम्रो सहयोग गरेको बताए । उनले नेपाल र चीनको मित्रता महत्वपूर्ण रहेको भन्दै हिजोका दिनमा चीनमा दुःख पर्दा नेपालले पनि सहयोग गरेको भन्दै एकअर्कालाइ सहयोग गरेर अघि बढिएको बताए । यसैगरी नेपालका लागि चिनयाँ राजदूत हौ याञ्छीले कोरोना भाइरसँग लड्न नेपाललाइ सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको उल्लेख गर्दै चीन संकटमा सदैव नेपालको साथमा रहने प्रतिबद्धता जनाइन् । केही दिनअघि स्विस सरकारले पनि नेपाललाई ३० हजार थान पीसीआर परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x