विपन्न परिवारलाई सुर्माका युवाद्वारा खाद्यान्न वितरण
आशिषबहादुर सिंह
बझाङ, वैशाख ३०
बझाङको सुर्मा गाउँपालिका युवाहरुले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । स्थानीय तहबाट राहत सामग्री नपाएको गुनासो आइरहेको बेला स्थानीय युवाहरु मिलेर विपन्न परिवारलाई राहत वितरण गरेका हुन् । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण यहाँका मजदुर तथा विपन्नहरु मर्कामा परेका छन् । यस क्षेत्रमा अन्नबाली उत्पादन कम हुने र ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेका परिवारलाई स्थानीय युवाहरुले आफैँले दुई लाख रुपैयाँ जम्मा पारेर राहतस्वरुप खाद्यान्न वितरण गरेका हुन् ।
युवाहरुले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय तथा सहकार्य गरी सुर्मा, दौलीचौरको गाउँबस्तीमा गएर १ सय ५० घर परिवारलाई चामल, दाल, तेल, नुन, साबुन वितरण गरेको स्थानीय युवा दिनेश बोहराले बताए । उनले भने, ‘हामीले हुने खाने भएर राहत दिएका हैनौँ । तर गाउँपालिकाभित्रका मनकारी साथीहरु मिलेर यस्तो बेला केही गर्नुपर्छ भन्ने सोचले खाद्यान्न समस्या परेकालाई केही सहयोग गरेका मात्रै हौँ ।’ उनीहरुले वितरण गरेको खाद्यान्न राहतमा प्रतिपरिवार २० किलो चामल, दुई पोका नुन र एक साबुन रहेको थियो । राहत गाउँपालिका अध्यक्ष नर बहादुर बोहरासहित वडा अध्यक्षहरुबाट बाँड्न लगाएका थिए ।
गाउँपालिकाभित्रका युवाहरुले स्वेच्छाले दुई लाख रुपैयाँ रकम जम्मा गरी राहत प्याकेज बनाएका थिए । स्थानीय युवा दिनेश बोहराले यसअघि पनि व्यक्तिगत रुपमा आफ्नो गाउँका गरिब परिवारलाई लत्ताकपडा तथा खाद्यान्न दिएको वडा अध्यक्ष पुष्कल बोहराले बताए । सुर्मा सैनगाउँ घर भएका गिठे बोहराले घरमा खाद्यान्न नभएको बेला युवाहरुले दिएको राहतले केही दिन भए पनि छाक टार्न सजिलो हुने बताए ।
युवाहरुको यो मानवतावादी कामको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले स्थानीय तहले पनि पहिलो चरणको राहात वितरण गरको बताए । लकडाउनको यो समयमा आफूहरु पनि कोही भोको पेट बस्न नपरोस् भन्नेमा सजग रहेको बताए । लकडाउन केही खुकुलो भएसँगै जनजीवन अब सामान्य बन्दै जाने उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया