डिसहोम फाइबर नेटको अफरको अवधि थप
काठमाडौं । डिसहोम फाइबरनेटले दशैका लागी ल्याएको अफर अवधि छठ पर्वसम्मको लागी थप गरेको छ । कम्पनीले बडादशैँको अवसर पारेर डिसहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो ।
उक्त अफरमा ग्राहकहरूबाट अत्यधिक प्रतिक्रिया आएको भन्दै कम्पनीले एक वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिसहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिनसम्म अर्थात मंसिर ३ गतेसम्मका लागि थप गरेको जनाएको छ । उक्त अफर घटस्थापनाको अवसर पारेर डिसहोम फाइबरनेटले आफ्ना ग्राहकहरूका लागि ल्याएको थियो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि तीन सय एमबीपीएससम्मका प्याकेजहरू जडान गर्न सक्नेछन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि दुई सय ५० एमबीपीएससम्म फाइभ–जी राउटर पाउनेछन् भने तीन सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।
अफरका बारेमा थप जानकारीको लागि डिएच फाइबरनेट डिलर दाइ वा ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिसहोम फाइबर नेटले जनाएको छ । चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले आग्रह समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अर्थतन्त्रका बाह्य सूचक राम्रा, आन्तरिक नराम्रा
- धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
- प्रधानमन्त्रीको दाबीजस्तो अर्थमा सुधार देखिएन
- भरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित
- चार महिनामा साढे १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
- लघुवित्तहरूको वित्तीय स्थिति
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया