Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजारमा दोहोरो अंकले गिरावट 

सेयर बजारमा दोहोरो अंकले गिरावट 

११ वटा उपसमुहको सुचक रातै


काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन झण्डै छ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि १० दशमलव ८६ अंकले ओरालो लागेर १८ सय ४७ दशमलव ७० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले ओरालो लागेर तीन सय ५७ दशमलव ७६ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ८१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४५ हजार सात सय ६३ पटकको कारोबारमा ३७ लाख ४९ हजार नौं सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिभटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र उत्पादनमुलक उपसमुहको सुचक बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया