श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने दुई जना पक्राउ
काठमाडौं । श्रम स्वीकृति लगायतका नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका घर भई हाल काठमाडौं बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र गोरखा बारपाक सुलिकोट गाउँपालिका घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । भिजिट भिषामा विदेश जान लागेका व्यक्तिहरूको कागजात शंकास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने दुवै जनालाई काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सबाट पक्राउ गरेको हो ।
साथै, उक्त ट्राभल्सको कोठाबाट मोबाइल दुई थान र सिपियु एक थान समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको जनाइएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया