Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिरन्तर बजार अनुगमन गरिरहेको प्रशासनको दाबी

निरन्तर बजार अनुगमन गरिरहेको प्रशासनको दाबी


कञ्चनपुर, वैशाख ३१
बजार अनुगमन नहुँदा जिल्लामा कालोबजारी बढेको जनगुनासो बढे पनि जिल्ला प्रशासन कार्यालयले भने भने नियमित बजार अनुगमन गरिरहेको दाबी गरेका छन् । जिल्ला प्रशासन कार्यालयले निरन्तररूपमा अनुगमन गरिहरको र नियमविपरीत गर्नेलाई कारबाही समेत गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनले आफूहरूले निरन्तररूपमा बजारमा अनुगमन गरिहरको र उपभोक्ताबाट आएका उजुरीहरूमा तरुन्तै छानबिन गरेर कारबाहीसमेत गरिसकेको बताए । ‘औषधि पसल क्षेत्रमा समेत कालोबजारी एव नागरिकको स्वास्थ्यमा खेलवाड भइरहेको पाइएको थियो ।’

सहायक प्रजिअ उपाध्यायले भने, ‘औषधिको म्याद समाप्त भएका औषधि बिक्रि गरिरहेको पाइएपछि बजार अनुगमनको टोलीले जिल्लाको भीमदत्त नगरपालिका ४ मा रहेको तिवारी मेडिकल मेडिकललाई जरिवाना गराएको छ । उक्त मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १५ हजार जरिवाना तोकिएको जनाएको छ ।’ यसका साथै बजारमा व्यापारीहरूले लकडाउनको पालना गरे नगरेको, नियमविपरीत पसल सञ्चालन गरिएको, नियमको उल्लघंन गरेको, मदिरा बिक्री वितरण गरेको, म्याद गुज्रेको सामान बिक्री गरेको, मूल्य वृद्धि गरेर कालोबजारी गरेर बिक्री गरेको, लगायतका कुरामा आफूहरूले निरन्तर मूल्यांकन गरिरहेको उनले बताए ।

स्थानीय सरकार सञ्चालन ऐनमा संयुक्त बजार अनुगमन उप–प्रमुखको नेतृत्वमा गर्नुपर्ने भए पनि कञ्चनपुरका कुनै पनि स्थानीय तहले प्रभावकारी बजार अनुगमन नगर्दा उपभोक्ता मारमा परेको स्थानीयहरूले गुनासो गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष प्रभुनिधि पन्तले स्थानीय सरकारको कमिकमजोरीका कारण बजारमा दैनिक उपभोग्यदेखि अन्य समानको कालोबजारी बढेको बताए । नियमित बजार अनुगमन नगर्दा हरेक समानको मूल्यवृद्धि गरिएको उनले बताए । लकडाउनको मौका छोपेर कञ्चनपुरका व्यापारीहरूले रहेक सामानको मूल्य वृद्धि गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x