लगानी तथा व्यापार अभिवृद्धि गर्न परिसंघ ‘अगोरा’ प्लेटफर्ममा आबद्ध
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) संयुक्त राष्ट्र संघ पुँजी विकास कोष (यूएनसीडीएफ)को सहयोगमा लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न ‘अगोरा’ प्लेटफर्ममा आबद्ध भएको छ । अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो । शुक्रबार परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आबद्धतासम्बन्धी समझदारीपत्रमा सम्झौता आदानप्रदान गरेका हुन् । अगोरा प्लेटफर्ममा आबद्ध भएको नेपाल उद्योग परिसंघ पहिलो संस्था हो । सो समझदारीसँगै परिसंघले नेपाली उद्योगीको लागि लगानी प्रवर्द्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसंघले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । साथै, नेपालका उद्यमी एवम् व्यवसायीलाई उद्यमशीलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ । अगोराले देशको औद्योगिक र संस्थागत क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्दै स्वदेशी एवम् विदेशी लगानी प्रवद्र्धन गर्ने परिसंघको दृष्टिकोणलाई सहयोग गर्नेछ । परिसंघका अध्यक्ष अग्रवालले यूएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्वपूर्ण हुने बताए । संयुक्त राष्ट्र संघको पुँजी विकास कोषले अगाडि सारेको ‘अगोरा’मा नेपाली वस्तुलाई आबद्ध गराउने र नेपाली वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा पहुँच पु-याउन महत्वपूर्ण हुने उनले बताए ।
परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमार्फत नेपाली वस्तुहरूको प्रवर्द्धनमा काम गर्दै आएको भन्दै उनले यस प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने मात्रै नभई अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने बताए । साथै, उनले अगोराले सूचना प्रसारणमा भएको कमीलाई पूरा गरी व्यवसाय, उद्यमी र समुदायहरूलाई पुँजी निर्माणमा समेत योगदान गर्ने विश्वास व्यक्त गरे । यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसंघसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निकै सहयोग हुने बताए । यस्तै, उनले अगोराले विदेशी लगानीकर्तालाई ‘किन नेपाल’ बाट ‘किन नेपालमा नगर्ने’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन मद्दत गर्न सक्ने समेत बताए ।
समान विचारधाराका साझेदारहरूसँगको सहकार्यमा यूएनसीडीएफले सन् २०२३ को अन्त्यसम्ममा करिब २० देशहरूमा पुग्ने लक्ष्यका साथ अगोरालाई विश्वव्यापी सार्वजनिक हितका रूपमा अगाडि बढाइरहेको छ । लगानीकर्ताहरूले उदीयमान बजार अवसरहरू खोजी रहन्छन्, अत्याधुनिक एल्गोरिदमहरू र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर उद्यमी एवम् लगानीकर्ताबीचको सम्बन्धलाई प्रगाढ बनाउन अगोराले उनीहरूको हकहित सुनिश्चित गर्न मद्दत गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया