Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलद्वारा ५० लाख सहयोग

एनसेलद्वारा ५० लाख सहयोग


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, कम्पनीले राहत तथा उद्धार कार्यलाई सहयोग पु¥याउन भूकम्प प्रभावित तीन जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराइने पनि जानकारी दिएको छ । यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यसको समयसीमा १५ दिनको रहने कम्पनीले जनाएको छ । कम्पनीले भूकम्पबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया