पञ्चकन्याको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कम्पनीले शुक्रबार काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
उक्त शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाँच गरिएको थियो । उक्त शिविरबाट २९४ जनाले लाभ लिएको कम्पनीले जनाएको छ । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यसप्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया