Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएफसी र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

आईएफसी र नेपाल क्लियरिङ हाउसबीच सम्झौता


काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ । बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवर्द्धन गर्न विषयमा यी दुवै निकायबीच सम्झौता भएको हो । सम्झौतामा आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतासँगै आईएफसीले एनसीएचएललाई नेसनल पेमेन्ट स्विच (एनपीएस)को प्रारम्भिक रोलआउटलगायत कार्यान्वयनका लागि विभिन्न गतिविधिहरूमा प्राविधिक सहायता उपलब्ध गराउनेछ । उक्त सहायताअनुरूप आईएफसीले मुख्य सञ्चालन नियमहरू, प्राविधिक तथा सुरक्षा मापदण्डहरूको समीक्षाका लागि एड्भाञ्जरीको भूमिका निर्वाह गर्नेछ । एनसीएचएलको नयाँ डिजिटल पहलहरू डिजाइन र सञ्चालन गर्न, क्रस बोर्डर पेमेन्ट, इन्डस्ट्री स्यान्डबक्स स्थापना गर्न र विभिन्न वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नेछ । आईएफसी र एनसीएचएलबीचको उक्त सम्झौतालाई डिजिटल भुक्तानी इकोसिस्टममा एक महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ र नेपालमा डिजिटल पहलहरूलाई थप सुदृढ गर्न आईएफसीको सहयोग र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूमार्फत महत्वपूर्ण आयाम थप्ने अपेक्षा गरिएको छ ।

आईएफसी विश्व बैंक समूहको सबैभन्दा ठूलो विकास संस्था हो, जसले सदस्य राष्ट्रहरूमा उत्पादनमूलक लगानीमा स्वदेशी र विदेशी निजी पुँजीको अनुकूल प्रवाहलाई प्रोत्साहन र मद्दत गर्न केन्द्रित सदस्य गर्दै आएको छ । आईएफसीको डिजिटल वित्तीय सेवासम्बन्धी नेपाल परियोजनाले डिजिटल वित्तीय प्रणालीलाई समृढ बनाउन आवश्यक सल्लाह तथा सहायता प्रदान गर्न डिजिटल भुक्तानी क्षेत्रमा नेपालका मुख्य सरोकारवालाहरूलाई प्राविधिक सहायता तथा सल्लाह प्रदान गर्दै आइरहेको छ । एनसीएचएल नेपाल राष्ट्र बैंक र अधिकांश सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय भुक्तानी प्रणाली तथा पूर्वाधारहरू सञ्चालन गर्ने उद्देश्यका साथ प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक कम्पनी हो । हाल ५५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको प्रत्यक्ष सदस्यता र ७० भन्दा बढी गैरबैंक संस्थाहरूको अप्रत्यक्ष÷प्राविधिकरूपमा सहभागिताका साथ नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई), एनसीएचएल–इसीसी, एनसीएचएल आईपीएस कनेक्ट आरटीजीएस, कर्पाेरेट पे, आरपीएस र नेपाल पे क्यूआर सञ्चालन गर्दै आइरहेको छ । यसका पूर्वाधारहरू बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायकहरू, भुक्तानी सेवा सञ्चालकहरू, सरकारी तथा अर्ध–सरकारी निकायहरू, ठूला कोष प्रबन्धकहरू, बीमा कम्पनीहरू, रेमिट्यान्सहरू, मर्चेन्ट बैंकहरू, पुँजीबजारलगायतले प्रयोग गर्दै आइरहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया