वैज्ञानिक वन व्यवस्थापन
काठमाडौं । मानव स्वास्थ्य तथा पर्यावरणको संरक्षणमा वनजङ्गलको धेरै योगदान हुन्छ । एउटा परिपक्व रुखले ५० वर्षमा फल तथा सौन्दर्यबाहेक अक्सिजन उत्सर्जन, वायु प्रदूषण न्यूनीकरण, बाढीपहिरो न्यूनीकरण, माटोको उर्वराशक्ति अभिवृद्धि, जलीय चक्र प्रवाहमा सघाउलगायत वन्यजन्तुहरूलाई बासस्थान प्रदान गर्दछ ।
एउटा वयस्क रुखले प्रत्येक वर्ष सञ्चित गरेको झन्डै सरदर ९६ टनसम्म भूमिगत वाष्पीकरणमार्फत् वायुमण्डललाई सघाउ पु-याउँछ । वास्तवमा प्राकृतिक प्रकोप न्यूनीकरण तथा नियन्त्रणका लागि वनजङ्गलले महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा सर्वविदितै छ तर आजसम्म पनि यस सम्बन्धमा धेरैजसो व्यक्तिहरू अनभिज्ञ छन् । नेपालमा अनुसन्धानविना गरिएका विकास निर्माण कार्यहरू प्रत्युत्पादक भएका छन् । यथार्थतः विश्व तापमान वृद्धिबाट उत्पन्न समस्या समाधान एवम् सम्पूर्ण मानवजातिको कल्याणको लागि प्राकृतिक वनजङ्गलको धेरै महत्व छ । आज विश्वका केही देशमा वन विकासका लागि वैज्ञानिक वन व्यवस्थापन विकासका पद्धति प्रचलनमा ल्याइए पनि यो प्राकृतिक वनका लागि प्रत्युत्पादक साबित भएको छ किनकि यस्तो पद्धतिमा ७० देखि १०० प्रतिशत सबै उमेरका रुखहरू काटिन्छन् र साना रुखहरू मात्र बाँकी राखिन्छन् । वास्तवमा अध्ययन अनुसन्धानविना कुनै पनि प्राकृतिक वनमा उक्त पद्धति लागू गरेमा विभिन्न किसिमका जोखिम सामना गर्नुपर्ने प्रबल सम्भावना हुन्छ, जुन निःसन्देह सोचनीय छ ।
वैज्ञानिक वन व्यवस्थापन पद्धतिमा बुढा र सुकेका रुखहरू काटेर दाउराको रूपमा प्रयोग गरिन्छ । फलतः विभिन्न किसिमका पशुपन्छी तथा किराफट्याङ्ग्राका बासस्थान नाश हुनेछन् । उक्त रुखहरूले यहाँ प्रत्येक वर्ष हुने बाढीपहिरो न्यूनीकरण गर्न धेरै मद्दत गर्छन् । तर यिनीहरू काट्नाले कुनै पनि देशको धेरै जनधनको क्षति हुन्छ ।
प्रत्येक दिन खाना पकाउन दाउरा प्रयोग गर्दा उत्सर्जन हुने कार्बनडाइअक्साइड ग्यासले वायुमण्डलमा हरित गृह ग्यासको मात्रा बढाउँछ । रुखहरू काट्नाले उक्त ग्यासको अवशोषण हुन पाउँदैन । यसको फलस्वरूप प्रत्येक व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । वैज्ञानिक वन व्यवस्थापन पद्धतिमा सबै उमेर समूहका ठूला रुखहरू काटेपछि साना रुखहरू मात्र बाँकी रहन्छन्, जसको कारण वन अतिक्रमण हुने जोखिम बढ्छ । वन प्रवद्र्धन तथा संवद्र्धन गर्ने उद्देश्यले नेपालमा पनि केही वर्षअघि वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत गरिएको थियो, जसअनुसार ५८ जिल्लाका सात सय ७१ समूहमा सामुदायिक वनको क्षेत्रफल एक लाख ७७ हजार तीन सय ३१ हेक्टर (समूह ७५०), साझेदारी वन व्यवस्थापन समूह क्षेत्रफल ३४ हजार तीन सय ९१ हेक्टर (समूह १५) र चक्ला बनेका क्षेत्रफल ११ हजार छ सय ८६ हेक्टर (समूह १६) गरी दुई सय ९७ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत गरिएको थियो । उक्त कार्ययोजना स्वीकृत गरिएको सात सय ७१ वन उपभोक्ता समूहका दुई लाख २३ हजार दुई सय ९८ हेक्टर वनमा वैज्ञानिक वन व्यवस्थापन पद्धति लागू गर्दा आठ करोड नौ लाख रुखहरू काटिन्थ्यो । साधारणतया साल प्रजातिका काठ दाउरा हुन झन्डै ६० देखि ८० वर्ष लाग्छ । यसैले उक्त संख्यामा रुख काट्दा धेरै नोक्सान हुने थियो ।
वास्तवमा प्राकृतिक सालको उत्पादनचक्र ८० देखि १६० वर्ष हुन्छ । नेपालमा भएका धेरैजसो सालका रुखहरू इस्ट इन्डिया कम्पनीकालीन भारतमा रेलमार्ग विस्तारका लागि प्रयोग गरियो । यसैले हाल यहाँका वनमा ठूला र राम्रा खालका सालका रुखहरू कम मात्रामा देखिन्छन् । यही कारणले यहाँको साल मिश्रित वनमा वैज्ञानिक वन व्यवस्थापन पद्धति लागू गर्न प्रत्युत्पादक हुन्छ ।
यथार्थतः साल तथा साल मिश्रित कडा काठका लागि प्राकृतिक वनमा वैज्ञानिक वन व्यवस्थापन पद्धति अपनाउन सकिन्छ । यसका लागि थ्री–डी (डेड, डाइङ र डिजिज्ड) अर्थात् (मरिसकेको, मर्न लागेको र रोगी) रुखहरू हटाउने प्रक्रिया मानव निर्मित तथा सञ्चालित वन विकास परियोजनामार्फत् पूर्ति गर्न सकिन्छ ।
यदि नेपालमा वैज्ञानिक वन व्यवस्थापन योजना लागू गरिएको भए चुरे, भावर र तराईका साल वनमा ठूला रुखहरूको अभावमा वर्षाको भेल र बाढीपहिरोले गर्ने क्षति निकै बढ्ने थियो । समथर तराईमा जनधनको क्षति हुने थियो । परन्तु उक्त योजना लागू नहुनाले यहाँ धेरै क्षति हुन पाएन । यहाँको ८७ प्रतिशत भू–भाग पहाडले ढाकेको छ । यहाँ प्रत्येक वर्ष बाढीपहिरोको कारण अन्दाजी ६० प्रतिशत जनता जोखिमपूर्ण अवस्थामा छन् । वैज्ञानिक वन व्यवस्थापन पद्धति अपनाएको भए यहाँको वनमा रहने रुखहरू अधिकांश साना हुने थिए, जसले बाढीपहिरो रोकथाम गर्न सक्दैन’थे र जनधनको धेरै क्षति हुने थियो । वस्तुतः मानव सुस्वास्थ्य तथा पर्यावरण संरक्षणका लागि रुख बिरुवाहरूको महत्वपूर्ण योगदान हुन्छ । एउटा वयस्क रुखको अक्सिजन उत्पादन मात्रा पनि वार्षिक एक सय तीन लिटरसम्म हुन्छ ।
यसबाहेक एउटा रुखले वायुमण्डलमा औसत वार्षिक २२ केजी कार्बनडाइअक्साइड ग्यास अवशोषण गर्छ, जसबाट प्रत्येकको श्वास–प्रश्वासमा प्रभाव पर्छ । एउटा परिपक्व रुखले ५० वर्षमा फल तथा सौन्दर्यबाहेक अक्सिजन उत्सर्जन, वायु प्रदुषण न्यूनीकरण, बाढीपहिरो नियन्त्रण, माटोको उर्वराशक्ति वृद्धि, जलीयचक्र प्रवाहमा सघाउलगायत पशुपन्छीहरूलाई बासस्थान प्रदान गरेबापत औसत छ सय ७१ करोड रुपैयाँ बराबरको पारिस्थितिक सेवा प्रदान गर्छ । यसबाहेक एउटा परिपक्व रुखको पारिस्थितिक सेवा काठ र दाउराको भन्दा तीन सय ४५ गुणा बढी हुने कुरा एक अनुसन्धानले पुष्टि गरेको छ । परन्तु, धेरैजसोलाई यो कुरा थाहा नहुँदा सबैजसो देशमा रुख काट्ने काम तीव्र गतिमा बढिरहेको छ, जसले भविष्यमा धेरै जनधनको नोक्सान हुनेछ । प्रत्येक व्यक्तिलाई प्रत्येक दिन तीन सय ५० लिटर अक्सिजन चाहिन्छ, जसको हालको मूल्य पाँच लाख ५० हजार जति पर्छ । वनजङ्गलविना यस्तो फाइदा प्राप्त गर्न सकिँदैन । जुन कुरा सबैलाई थाहा हुन जरुरी छ ।
विगतमा यहाँका प्राकृतिक वनमा वैज्ञानिक वन व्यवस्थापन योजना लागू गरिएको भए धेरै रुख काटिन्थ्यो, जसबाट प्रत्येक व्यक्तिको स्वास्थ्य एवम् वातावरणमा नकारात्मक प्रभाव पथ्र्यो तर उक्त योजना कार्यान्वयन नभएकोले हामी ठूलो हानि वा क्षतिबाट जोगिएका छौँ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया