Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचेम्बरले भूकम्प प्रभावित परिवारलाई सहयोग गर्ने

चेम्बरले भूकम्प प्रभावित परिवारलाई सहयोग गर्ने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ । चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

चेम्बरले आवश्यक सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारको एकद्वार प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अतिप्रभावित जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डसना र म्याटे«स वितरण गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामग्री वितरण गरिने अध्यक्ष मल्लको भनाइ छ ।

जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदना प्रकट गरेको छ । चेम्बरले जाजरकोटलगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुनस्र्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया