Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरू भएका छन् । कलैया उपमहानगरपालिकाका मेयर विनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योति प्रकाश पाण्डेले संयुक्तरूपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत् नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए ।

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेलीलगायत स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विशेष अतिथिहरूले बैंकिङ सेवाको पहुँच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीलाई बैंकिङ सुविधा सहजरूपमा उपलब्ध हुने बताए ।

बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीलाई यस शाखामार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले दुई सय ६१ वटा शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया