Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारनिर्जीवन बीमा बाहेक सबै उपसमुहको सुचक बढेर हरियो

निर्जीवन बीमा बाहेक सबै उपसमुहको सुचक बढेर हरियो


काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन २१ दशमलव ३० अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ११ दशमलव २२ अंकले उकालो लागेर १८ सय ५८ दशमलव ७६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४६ अंकले उकालो लागेर तीन सय ५८ दशमलव १९ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज दुई सय ८५ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४० हजार छ सय पटकको कारोबारमा ४३ लाख ३१ हजार दुई सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ९९ करोड ६५ लाख ८६ हजार दुई सय ९१ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया