Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवावेको तेस्रो त्रैमासिक व्यापारिक नतिजा सार्वजनिक

हुवावेको तेस्रो त्रैमासिक व्यापारिक नतिजा सार्वजनिक


काठमाडौं । हुवावेले सन् २०२३ को तेस्रो त्रैमाससम्मको व्यापारिक नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा, हुवावेले सीएनवाई ४५६ दशमलव छ बिलियन राजस्व आर्जन गरेको जनाएको छ । कम्पनीको राजस्व दुई दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले खुद नाफामा पनि १६ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाएको छ । हुवावेका घुम्ती अध्यक्ष केन हुले कम्पनीको व्यापार पोर्टफोलियो अधिकतम बनाउन, उत्पादन र सेवाहरूको प्रतिस्पर्धात्मकतालाई नयाँ उचाइमा लैजान अझै लगानी बढाउन जारी राख्ने बताएका छन् । सन् २०२२ मा, हुवावेले अमेरिकी डलर ९३ दशमलव पाँच बिलियन राजस्व र पाँच दशमलव दुई बिलियन अमेरिकी डलर नाफा कमाएको थियो ।

हुवावेले २०२२ मा अमेरिकी डलर २३ दशमलव पाँच बिलियनको वार्षिक खर्च गरेको थियो । कम्पनीले वार्षिक राजस्वको २३ दशमलव पाँच प्रतिशत रकम अनुसन्धान र विकासमा लगानी गरेको जनाएको छ । कम्पनीले विगत १० वर्षमा आफ्नो कुल अनुसन्धान र विकास खर्च अमेरिकी ड(लर १४२.३ बिलियन भन्दा बढि गरिसकेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया