Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाकेयुले २८ नयाँ उद्यममा एक करोड ४० लाख लगानी गर्ने

केयुले २८ नयाँ उद्यममा एक करोड ४० लाख लगानी गर्ने


काठमाडौं । काठमाडौं विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि एक करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रवर्द्धनका लागि लगानी गर्ने भएको हो ।

नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रमअन्तर्गत इनरजाइज नेपालले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आईडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ । यसअन्तर्गत सम्पूर्ण नेपाली नागरिकहरूले आवेदन दिन सकिने छ । यस्तै, एक करोड ऊर्जालगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परीणत गर्न उपलब्ध गराइने छ । यसअन्तर्गत आवेदकहरू केयुसँग आबद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारीलगायतले मात्र आवेदन दिन पाउनेछन् । केयुका अनुसार, प्रत्येक नवीनतम सोचलाई पाँच लाख गरी २८ वटा नवीनतम सोचलाई परियोजनाबाट सहायता पाउनेछन् ।

कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयुलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो । मंगलबारदेखि लगानीका लागि आवेदन दिन सकिने र ३१ डिसेम्बरसम्मका लागि आवेदन दिन समय राखिएको छ । यद्यपि निवेदन दिएको दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालका आयोजना प्रबन्धक डा विजय थापाले जानकारी दिए । नवीनता सोचमा आधारित व्यापार र व्यवसायको प्रवद्र्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहानेसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेको उनले बताए । लगानी योग्य प्रस्तावको मूल्याङ्कन दुई हप्ताभित्र भएर उनीहरूको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउने उनको भनाइ छ ।

प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरूलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयुले प्रस्ताव आएपछिको मूल्याङ्कन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ । केयुअन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम आईडियालाई लगानी गरिसकेको छ । विशेषगरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरूले लगानी गरेका छन् । इनरजाइज नेपालका अनुसार यस आयोजनामार्फत दुई सयभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगारी पाइसकेका छन् । लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्नेगरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया