देश अत्यन्त गम्भीर परिस्थितिमा रहेको बेला र नेतृत्व एकदमै चनाखो, जागरुक र जाँगरिलो हुनुपर्ने वा चाहिने बेलामा प्रधानमन्त्रीलाई गुमराहमा राखेको कुरा बाहिर आएको छ । यद्यपि यसको आधिकारिकता आफ्नो ठाउँमा होला । प्रधानमन्त्रीले आफैँले सार्वजनिक ठाउँमा त्यस्तो अभिव्यक्ति नदिउन्जेल यससलाई यसै हो भनी भन्न सकिन्न । तर पनि यतिबेला जति कुरा बाहिर आएका छन् तिनलाई मात्रै आधार मान्ने हो भने पनि देशको प्रधानमन्त्री कतै न कतै कसै न कसैबाट घेरिएको छोपिएको तथा वस्तुस्थिस्तिबाट टाढा बस्नुपरेको जस्तो महसुस हुन थालको छ जुन कुनै पनि हालतले राम्रो र सह्य होइन । यसले देशको समग्र वस्तुस्थितिमा नकारात्मक प्रभाव पार्छ । त्यसै पनि प्रधानमन्त्री पूर्ण स्वास्थ्य रहेको भन्ने आम तहले आत्मसात गर्न पाएको छैन । यतिबेला पनि प्रधानमन्त्री अर्काकै सहारामा पाइला चालिरहेका दृश्यहरू आइरहेका छन् । सिंहदरबारका सिढी उत्रँदा र चढ्दाका दृश्य टेलिभिजनले देखाउँदा प्रधानमन्त्रीको शारीरिक असक्षमता प्रकट भैरहेका अवसथा छ ।
यतिबेला एकातिर कोरोना महामारी छ भने अर्कातिर एउटा छिमेकी मुलुकले आफ्नो देशको सीमा मिचेर सडक निर्माण गरिससकेको कुरा सन्दर्भमा छन् । कोरोना महामारीविरुद्धको अभियान पनि प्रधानमन्त्रीले भनेजसरी नचलेको भन्ने समाचारहरू आइरहेका छन् । मन्त्रिपरिषद्को बैठक सन्दर्भमा लकडाउनमा गाडी जाम हुन्छ ? भनी प्रधानमन्त्रीले प्रश्न सोधेका भन्ने कुरा बाहिर आयो । प्रधानमन्त्रीको मान्यता रहेछ लकडाउन खुकुलो पार्न हुँदैन भन्ने तर त्यस्तो भयो पछिलला दिनदेखि । यो ठीक वा बेठिक के हो तर प्रधानमन्त्रीको इच्छाविपरीत रहेछ भन्ने त देखियो नै ।
प्रधानमन्त्रीको चाहना एउटा काम अर्को हुन्छ भने स्वाभाविक छ त्यो बेला प्रधानमन्त्रीलाई गुमराहमा राखिएको भन्नै पर्ने हुन्छ । यो गुमरहको देखिने अवस्था हो । यसले शासन राम्रोसँग चलेको छैन भन्ने पनि सन्देश जान्छ । केहीअघि प्रधानमन्त्री निवासाबट फोन गरेर बालुवाटारबाटै प्रस्थान गरेको भन्ने सन्देश दिएर राजधानीबाहिर रहेका एक सासदलाई वलपूर्व राजधानी ल्याइएको विषय धेरै चर्चामा आएको थियो सांसद अपहरणको नाममा । यो मुद्दा अझै टुंगो लागिसकेको छैन । अनुसन्धान नकायम छ । यस्तो अनुसन्धान पनि विधिवत नै भएको हो । व्यक्ति अपहरणमा प्रधानमन्त्री समेत संलग्न रहेको भन्ने कुरा र त्यसमा अनुसन्धान हुनुभनेको सामान्य कुरा होइन ।
गुमराहकै सन्दर्भमा यतिबेला अर्को नयाँ विषय थपिएको छ । त्यो विषय हो लिपुलेकमा छिमेकी मुलुक भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सन्दर्भ । त्यसमा प्रधानमन्त्रीले आफूलाई यसबारे कुनै सूचना नभएको भनी बताएका कुरा बाहिर आयो । एकातिर परराष्ट्रमन्त्री आफैँ संसद्मा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई पूराका पूरा जानकारी थियो भन्ने र अर्कातिर त्यो सरकारका प्रमुख प्रधानमन्त्री भने यसबारे आफूलाई कसैले रिर्पाेटिङ नगरेका भनीे लाचारयुक्त गुनासो गरेका भन्ने कुराले शासनमाथि नै प्रश्न उठाउँछ । देशको सीमा मिचिएको कुरा सामान्य होइन । त्यसमा प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्वसूचना आफूसँग नभएको भनी बताउनुपरेको अवस्था त झनै गम्भीर नै हो । प्रधानमन्त्रीले भनेका भनी समाचारमा आएअनुसार सीडीओले रिपोर्टिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ, तर भारतले सडक खन्दै छ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन् भनी प्रधानमन्त्रीले भनेको कुरा आयो । जसले यस्ता जल्दाबल्दा कुरामा प्रधानमन्त्रीलाई ओझेलमा पारेको भन्ने देखाउँछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- लेबनानमा युद्धविराम घोषणा
- सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम कहाँ पुग्यो?
- डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योग सञ्चालकहरुको घरमा प्राधिकरणको लाइन काट्ने तयारी
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया