Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमृद्धको नेपालको मूलमार्ग

समृद्धको नेपालको मूलमार्ग


काठमाडौं । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले अघि सारेका विचारलाई पृथ्वीविचार बभ्mनु पर्दछ । पृथ्वीविचारलाई आर्थिक समृद्धिको आधार कसरी बनाउन सकिन्छ भनेर यहाँ छलफल चलाउन खोजिएको छ । पृथ्वीनारायण नेपाल राष्ट्रका निर्माता मात्र होइनन्, स्वदेशवादी आर्थिक धारका प्रतिनिधि नेता पनि हुन् । उनको स्वदेशवादी आत्मनिर्भर आर्थिक नीति कार्यक्रमलाई ठीक ढंगले बुझ्दै वर्तमानको सन्दर्भमा व्यावहारिक किसिमले लागू गर्न थालेमा छिटो र दिगो विकासको बाटोमा नेपाललाई अघि बढाउन कुनै समस्या हुँदैन । परतन्त्र र भ्रष्टतन्त्र विरोधी स्वाधीन सम्पन्न स्वच्छ स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र सामाजिक न्यायमा आधारित राष्ट्रिय एकताको जनतन्त्र पृथ्वीविचारको सार र परिचय हो । यही विचारको सार पक्रिँदै गलत नीति नेता र विकृतिमा प्रहार गर्दै आर्थिक बहार ल्याएर नेपाललाई जोगाउन र जगाउन सकिन्छ । हामी पृथ्वीविचारको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रको पाटोमा छलफललाई केन्द्रित गरौँ ।

विदेशी महाजन आए भने स्वदेशलाई कंगाल बनाउँछन्, पृथ्वीनारायण यसो भन्छन् । आधुनिक नेपालका अर्थशास्त्री, अर्थमन्त्री आदि भन्छन्, विदेशी महाजन नल्याए मुलुक धनी हुँदैन । पृथ्वीनारायण भन्छन् घुस लिने दिने राष्ट्रका शत्रु हुन् । अहिलेका दल नेता मन्त्री उच्च अधिकारी आदि व्यवहारले चाहिँ भन्छन् जसले घुस कमिसन दिन्छ, त्यो हाम्रो मित्र हो ।

दृष्टान्तमा गएर हेरौंँ यी दुवैमा पृथ्वीनारायणका भनाइ पुष्टि भएको पाइन्छ । भोटेकोशीलाई दृष्टान्त बनाऔँ । विदेशी महाजन भित्र्याएको भोटेकोशीले विद्युत् प्राधिकरणमार्फत् नेपाल र नेपालीलाई कंगाल बनाउने मात्र काम गरिरहेको छ, डलरमा नगद लिएर । विभिन्न आयोजना निर्माणको ठेक्का लिएका विदेशी ठेकेदारहरूले पनि यो वा त्यो बहानामा कसरी लुटिरहेका छन् ? सबैको आँखाको सामुन्नेमा छ । अर्को तत्कालीन मन्त्री, सचीव जसले मुलुकलाई हानि पु-याउने र विदेशीलाई लाभ पु-याउने काम गरे उनीहरूले घुस नखाई यो काम गरेका छैनन् । पृथ्वीनारायणको भाषामा यी राष्ट्रका शत्रु हुन् । स्वदेशवादी पृथ्वीविचारले राष्ट्रलाई हानि पु-याउने विदेशी लगानी नभित्र्याउनु भन्छ । विदेशी लगानीको विकल्प पनि छ । पृथ्वीविचारमा मुलुकलाई विकासमा अगि बढाउन । हामी यहीँबाट समृद्धिको आधार पृथ्वीविचार हुन सक्ने मत पस्कन सुरु गरौँ । विकासको मूल आधार केलाई बनाउने ? परनिर्भर अर्थतन्त्र कि आत्मनिर्भर अर्थतन्त्र ? यही सवालको जवाफ पृथ्वीविचारले दिन्छ र त्यही जवाफ नै समृद्ध नेपालको आधार हुन्छ ।

नेपालको जल, जमिन, जंगल, जन, धन, सीप र श्रमलाई संगठित, परिचालित र परिमार्जन गरेर नेपाललाई आत्मनिर्भर सम्मन्न र विकसित बनाउन सकिने बलियो वैचारिक खुराक दिएका छन् हामीलाई हाम्रा राष्ट्र निर्माताले । उनको यही स्वदेशवादी आत्मनिर्भर भ्रष्टाचाररहित स्वच्छ आर्थिक तथा विकास नीतिमाथि उभिएर हामी नेपालमा दिगो विकास दिएर छिटो सम्पन्न नेपाल बनाउन सक्तछौं । दुर्भाग्य न नेपालका नीति निर्माताले, न दल नेताहरूले न अर्थशास्त्री वा मन्त्रीहरूले पृथ्वीविचार पढे न त्यो बुझ्न कहिल्यै लागे । पृथ्वीनारायण उनको काम र विचारलाई विरोध, निन्दा र भत्र्सना गर्नलाई आफ्नो बहादुरी ठान्ने परपरस्त नवखानदानी भुइँफुट्टा वर्गबाट यस्तो अपेक्षा पनि नराखौँ ।

राष्ट्रिय योजना आयोगमा कहिल्यै पृथ्वीविचार छलफलको विषय बन्न सकेन । उनको स्वदेशवादी आर्थिक तथा विकासका नीति योजना आयोगका लागि कहिल्यै सन्दर्भ सामग्री समेत हुन सकेन । किनभने विदेशमा महँगा विश्वविद्यालयले दिएका आप्mना प्रमाणपत्रको इज्जत गएको ठान्छन् दलका कोटामा त्यहाँ विराजमान हुन पुगेका विकासका कथित ज्ञाताहरू । यो स्वाभाविक पनि हो यी विदेशका महँगा विश्वविद्यालयमा पढेका डाक्टरसाहवहरूलाई गोर्खाका गरिब पाखे नपढेका पृथ्वीनारायण शाहलाई पढ्न पनि त हैसियतले नमिल्ला नि ? के हुन्छ र नपढेका पाखे पृथ्वीनारायणको विचारमा र आफ्नो इज्जतभन्दा तल ओर्लिऊन् उनीहरू ? उनीहरूले मात्र होइन पृथ्वीनारायणले आर्जेको मुलुकमा उनको मुकुट ओढ्ने पछिल्ला उत्तराधिकारी हुन पुगेका आधुनिक राजाहरू महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र र अनेक नामका कथित राष्ट्रवादीहरू समेत कुनैले पनि विकासमा पृथ्वीविचारलाई तानेनन्, जानेनन् । अव विकासपे्रमी नेपाली जनताले पृथ्वीविचारलाई जान्नुपर्छ र नेपालको विकासमा तान्नुपर्छ ।

भ्रष्टाचारमाथि तिखो र चोटिलो प्रहार गरेर सुशासन, विकास र आर्थिक समृद्धिको पहिलो र बलियो आधार खडा गर्न पृथ्वीविचारको मर्मलाई पक्रेर भ्रष्टाचार विरोधी कडा कानुन बनाएर लागू गरौँ त इमान्दारीका साथ परिणाम के आउन थाल्दो रहेछ ?

पृथ्वीनारायणले विषे नगर्चीको सुझावअनुसार हरेक घरधुरीबाट रकम संकलन गरेर बलियो नेपालको आधार खडा गरेकोबाट सिकेर विकासको लागि बलियो आर्थिक कोष खडा गर्न सकिन्छ । यसको मर्मलाई पक्रेर परिमार्जन गरेर अरबौँ स्वदेशी पुँजी संकलन गर्न सकिन्छ । यस्तो नाफामूलक स्वदेशी पुँजीलाई नै इमान्दारीपूर्वक परिचालन गरेमा विद्युत् उत्पादनमा बाह्य लगानी खोजिरहनुपर्दैन । चिलिमे तथा तामाकोशी नमुनालाई अझ परिमार्जन गरेर विद्युत् उत्पादन गर्ने कार्यक्रम आयोजना सरकार तथा विद्युत् प्राधिकरणसँग हुनुपर्छ । खानीमा जोड दिएका छन् पृथ्वीनारायणले । नेपालको पानी आफैँमा डलरको खानी हो । नदी अरूलाई सुम्पनेहरूले स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रका पक्षपाति पृथ्वीनारायण शाह र उनको पृथ्वीविचारलाई कसरी प्रहार गरिरहेका छन् त्यो सबैलाई जानकारी भएको कुरा हो ।

खेतीयोग्य जमिन बस्तीले नढाक्न र कुलो आउने बाटो घर बस्तीले नछेक्नु भनेर निर्देशन विचार दिने पृथ्वीनारायणको मर्मलाई पक्रेर किसान र व्यावसायिक कृषिलाई मात्र जोड दिने हो भने कृषि उत्पादनमा नेपाल आत्मनिर्भर मात्र होइन कि निर्यातक मुलुक पनि बनाउन सकिन्छ । जडीबुटी निर्यात गरी नगद खैंचनु भन्ने पृथ्वीनारायणको यो विचार नेपालको निर्यात व्यापारको प्रतिनिधि मूलविचार हो । यसमाथि उभिएर नेपालका नीति निर्माताले नेपालले कसरी के निर्यात गरेर के व्यवसाय गरेर बढीभन्दा बढी नगद खैंचन सकिन्छ भनेर विस्तृत अध्ययन गरेर योजना बनाउनु पर्छ ।

पृथ्वीविचारको एउटा महत्वपूर्ण पाटो विदेशी मुद्रा आर्जनको बाटो हो । नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, हिन्दु–बौद्ध किराँतको केन्द्र आध्यात्मिक शुद्धताको नेपालले सबैखाले पर्यटकलाई स्वागत गरेर पृथ्वीनारायणले भनेजस्तो करोडौँ नगद खैंचन सक्छ । तर नेपालले पृथ्वीनारायणको असली हिन्दुस्थानको अर्थ महत्व बुझ्न सक्नुपर्छ, त्यो जोगाउन सक्नुपर्छ । कुनै पनि उत्पादन वा वस्तु बाहिर निर्यात गरेर नगद खैंचन पनि गुणस्तरीय उत्पादन चाहिन्छ । त्यसको लागि पनि सीपयुक्त जनशक्ति चाहिन्छ । यहाँ पनि पृथ्वीविचार नै आकर्षित हुन्छ । स्वदेशका नागरिकहरूलाई सीप सिकाएर दक्ष बनाएर गुणस्तरीय उत्पादन निर्यात गरेर नगद खैचिन पनि सकिने र मुलुकलाई आत्मनिर्भर पनि बनाउन सकिने पृथ्वीविचारलाई पक्रेर पृथ्वी युवा सीप केन्द्र खोलेर दक्ष श्रमशक्ति बनाउन किन चासो नदिएको कुनै सरकार तथा दलहरूले ?

सीप र प्रविधि विकास गरेर मात्रै राष्ट्रलाई सबै किसिमले उठाउन सकिन्छ भन्ने पृथ्वीविचार हिजो, आज र भोलिको युगको पनि उत्तिकै जिउँदो विचार हो । त्यसैले राष्ट्रको लागि सीपकरण गर्नुबाहेक अर्को कुनै विकल्प छैन । सबै क्षेत्रमा सीपको आवश्यकता जगैदेखि सीप शिक्षा भन्ने मूल नारा बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ । खासगरी सीपमूलक, वैज्ञानिक, व्यावसायिक र निर्वाहमुखी व्यावहारिक शिक्षा नीतिमा जोड दिनुपर्छ । सीपशक्तिलाई श्रमशक्तिमा रुपान्तरण गर्नुपर्छ भने श्रमशक्तिलाई सीपशक्तिले तिखार्नुपर्छ । श्रममा नभएको सीप र श्रममा नगएको सीपको कुनै अर्थ छैन । अर्थशक्तिको मुलुक बनाउन सीपशक्ति र श्रमशक्तिको महत्व दर्साएको पृथ्वीविचारलाई व्यवहारमा रूपान्तरण गर्नु अनिवार्य राष्ट्रिय आवश्यकता भएको छ । दक्ष श्रमशक्तिको मुलुकले मात्र विकासको लक्ष्य प्राप्त गर्न सक्छ । आँखा सामुन्ने छ विश्वका धेरै मुलुक सीप र प्रविधि बेचेर कसरी सम्पन्न भइरहेका छन् ।

पृथ्वीविचारको अर्थतन्त्रले तीन कुरामा जोड दिएको छ । ती तीन कुरा हुन् स्वआर्जन, स्वनिर्भर र स्वच्छ । विदेशी लगानीको विकास छिटो विकास छिटो विनाश पनि हो भने पृथ्वीविचारको स्वदेशी लगानीको विकास ढिलो विकास तर दिगो विकास हो । यो इमानी र स्वभिमानीको विदेशीबाट स्वशासित शासित र निर्देशित नहुने स्वाधीन आर्थिक नीति विचार हो ।

अहिले विश्व छिटो धनी हुने हतारमा धेरै बाह्य लगानी त भित्र्याइरहेको छ । तर त्यति नै छिटो प्रकुति सम्पदा पनि लुटाउने र सिध्याउने काम पनि उसले गरिरहेको छ । सित्तैमा वा कौडीका मूल्यमा उसका अमूल्य प्राकृति सम्पदा बाह्य लगानी र विकासको नाममा ठूला र धनी मुलुकले हात पारिरहेका छन् । छिटो चौतर्फी विकासको नाममा, औद्योगिक र पूर्वाधार विकासको नाममा त्यसले गरेको प्राकृतिक विनाशको मूल्यमा विकासलाई मूल्याङ्कन गर्ने हो भने त विकास होइन कि विश्वले विनाश गरिरहेको छ भन्नुपर्ने हुन्छ । अझ यसले उत्पादन गरेको कार्बन, धुलो धुवाले सिङ्गो पर्यावरण क्षेत्रलाई हानि मात्र पु¥याएको छैन कि मानवजातिको अस्तित्व नै धरापमा धकेली रहेको पनि छ । साम्राज्यवादलाई परास्त गरेर नेपाल एकीकरणको आधार खडा गरेका पृथ्वीनारायण साम्राज्यवादी स्वार्थ षड्यन्त्र हस्तक्षेप र शोषणप्रति सचेत भएर नै उनले धार्मिक आवरणका पादरी भेषका साम्राज्यवादीहरूलाई निकाला गरेर आ—आफनो कृुल धर्म नछोड्नू भनेर निर्देशन जारी गरेका थिए ।

पश्चिमा साम्राज्यवादसँग नै नेपालको पहिलो अन्तरविरोध हुने निष्कर्ष निकाल्दै त्योसँग सतर्क रहनू, त्यसले लोलोपोतो गरेर या बल प्रयोग गरेर नेपालमाथि प्रहार गर्न सक्छ भनेर सचेत गराएका थिए । उनको विश्लेषण सही सावित भयो । अंग्रेजले आक्रमण गरेर नेपालको ठूलो भू–भाग खोसेरै छोड्यो । अहिलेचाहिँ पृथ्वीनारायणले भनेजस्तै फिरंगीले विकास सहयोग, आईएनजीओमार्फत लोलोपोताको नीति लिएको छ ।

यही पृष्ठभूमिमा उनले नेपालको सुरक्षा आर्थिक समृद्धिको आधार बलियो बनाउन उत्तरी छिमेकी याने चीनसँगको सम्बन्धलाई घनिष्ठ र भरपर्दो बनाउन निर्देशन अघि सारे । उत्तरतिर थप नाका खोल्ने विचार अघि सारे । उनको उत्तरी नीतिको सान्दर्भिकता बुझेर वा त्यस्तै विश्लेषण गरेर नै राजा महेन्द्रले चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउन कुनै कसर बाँकी राखेनन् । उत्तरतिर बाटो खोल्ने पृथ्वीविचारको रणनीतिक महत्वलाई बुझेर दक्षिणको छिमेकी र पश्चिमा शक्तिको दबाब झेल्दै चीन नेपाललाई जोड्ने कोदारी राजमार्ग बनाउने निर्णय गरेर राजा महेन्द्रले अर्को ऐतिहासिक काम गरेका हुन् । त्यो कोदारी राजमार्गलाई तन्काएर समुन्द्रसम्म जोड्ने अर्काे ऐतिहासिक काम भने चीनसँग पारवहन सन्धि गरेर केपी ओलीले गरे ।

पृथ्वीनारायणको उत्तरतिर बाटो खोल्ने मनसुबाको उच्चतमरूप लासादेखि लुम्बिनी जोड्ने रेल सेवा हुनेछ । भनिरहनु पर्दैन, यो आफैँमा पृथ्वीविचारले व्यावहारिकरूप धारण गरेको हो । यो नेपाललाई जोगाउन जगाउन आर्थिक, आध्यात्मिक र सुरक्षा सन्तुलनको हिसाबले कोसेढुङ्गा सावित हुनेछ । विदेशी सामानले आफ्नो मुलुक भरिभराउ हुनु र आफ्नो मुलुक र मुलुकवासीको धन जति विदेशमा गइरहने हो भने त्यो के–को विकास भन्नु ? आफ्नो देशका ऊर्जावान् युवा श्रमशक्ति बाहिर जाने देशका खेती जमिन श्रमशक्तिको अभावमा बाँझो रहने, बाहिरबाट अन्न फलफूल तरकारी आएन भने नेपाली खान नपाएर मर्ने व्यवस्था वा अवस्थालाई हामी कसरी विकास भन्न सक्छौँ ?

स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रको मूलमन्त्र बोकेको पृथ्वीविचारलाई नेपालको समग्र आर्थिक विकासको माउ विचार बनाउन र यसलाई राष्ट्रिय सहमति बनाउन सकेनौँ भने विकासको नाममा हामी विनाशको खेती गरिरहेका हुनेछौँ । पृथ्वीविचार हाम्रो विकासको साझा राष्ट्रिय चिन्तनधार हो । हाम्रो राष्ट्रिय चिन्तनधार नै हाम्रो विकासको मूल आधार हो । यो वर्तमान मुलुकले भोगिरहेको समस्या समाधानको राष्ट्रिय सहमतिको आधार पनि हो । पृथ्वीविचार सबै विकासको माउ विचार, सबै नेपालीको समृद्धिको साझा आधार हो । सबैलाई हेक्का होस् । यो नै समृद्ध नेपालको मूलमार्ग हो ।

विश्वका गनपति, धनपति, जनपति भनेर चिनिने अमेरिका, चीन र भारत समेत विदेशीको शासनबाट पिल्सिएका थिए । उनीहरूमाथि शासन लाद्ने त्यस ताकाको बलियो साम्राज्यवादी शक्ति अंग्रजको आक्रमणलाई समेत परास्त गरेर नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह नेपालका मात्र होइन एसियाका नै गौरव हुन् । भारतका धेरै राजाहरू पृथ्वीनारायणभन्दा धनी र बलिया थिए । तर उनीहरू अंग्रेजसँग या त झुके या त बिके । त्यसैले उनीहरूले आफ्नो स्वतन्त्रता गुमाए । पृथ्वीनारायणमा दूर दृष्टि थियो । त्यसैले फिरंगीहरू सैनिक भेषमा होस् या पादरी भेषमा आएका नै किन नहुन्, उनले नेपालमा टिक्न नदिएर नेपालको एकिकरण र स्वतन्त्रतालाई सुनिश्चत गरे ।

अंग्रेजले पढाएको र व्यक्तित्व बढाएको महात्मा गान्धीलाई भारतमा राष्ट्रपिता भनेर सम्मान गर्छन् । गान्धीको फोटो भारतको नोटमा राखिएको छ । पृथ्वीनारायणको व्यक्तित्व अंग्रेजसँग जुधेर मात्र उठेको हो । अर्काे छिमेकी देश चीनमा जापानी अधिपत्यबाट चीनलाई मुक्त गरेर आधुनिक चीनका संस्थापक भनेर माओको सम्मानमा पनि चीनले उनको तस्वीर आफ्नो नोटमा राखेको छ । त्यसरी नै अंग्रेज शक्तिसँग लडेर आफ्नो स्वतन्त्रता प्राप्त गराएको सम्मानमा जर्ज वासिंगटनको सम्मानमा अमेरिकाले उनको पनि तस्वीर आफ्नो नोटमा राखेको छ । उनीहरूले आ–आफ्नो देशलाई विदेशीको हातबाट स्वतन्त्र राख्न नेतृत्व गरेकाले उनीहरूले त्यहाँ सम्मान पाएका हुन् ।

पृथ्वीनारायण शाहले पनि विदेशी शक्तिलाई परास्त गरेर आफ्नो देशको स्वतन्त्रता बचाएका हुन् । तर विदेशीले नगरेको थप तर महत्वपूर्ण काम समेत पृथ्वीनारायण शाहले गरेका छन् । त्यो हो, आफ्नो राष्ट्रको एकीकरण । यस हिसाबले राजाका पनि राजा बडा महाराजा, नेताका पनि नेता बडानेता नेपालका राष्ट्रनिर्माता केवल पृथ्वीनारायण शाहको तस्वीर नेपालको नोटमा धेरै पहिल्यै राखिनुपर्ने होइन र ? हो हिजोका राजाले नोटमा आफ्नो–आफ्नो तस्वीर राख्ने लोभ गरेर राष्ट्रनिर्माताको सम्मान गर्न जानेनन् भनेर परिवर्तनले पनि त्यही गल्तीलाई निरन्तरता दिइरहनु पर्छ र ? पद र सम्मानका श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह क्षमताका बडानेता नेपालका आधिकारिक सर्वकालीन मूल नेता हुन् भने उनले अघि सारेको पृथ्वीविचार नेपाल जोगाउने र जगाउने सर्वकालनि मूल विचार हो । यसमा धेरै पाटा र बाटाहरू छन् सबैलाई चेतना भया ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया