नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्पपीडितलाई साढे पाँच लाखबढीको सहयोग
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितको सहयोगार्थ पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको तर्फबाट उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।
चेक हस्तान्तरणको अवसरमा संघका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको लागि उक्त रकमको चेक हस्तान्तरण गरिएको संघले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिरियाली विद्रोहीले अलेपोको ‘धेरैजसो’ भाग नियन्त्रणमा लिएको दाबी
- नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ : मन्त्री अधिकारी
- राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली बीच भेटघाट
- उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
- त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
- प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
- औषधी पसलेलाई वीर अस्पताल प्रवेशमा निषेध
- बिआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया