Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजलविद्युत आयोजनाबाट लगिएको विद्युतको तार कुल्चिदा एकको घटनास्थलमै मृत्यु

जलविद्युत आयोजनाबाट लगिएको विद्युतको तार कुल्चिदा एकको घटनास्थलमै मृत्यु


बागलुङ । निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विद्युतको तारमा कुल्चिदा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । करेन्टबाट निसीखोला गाउँपालिका–३ काउले बस्ने ६२ वर्षीय भाजबिर नेपालीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा हिड्ने क्रममा जलविद्युत आयोजनाबाट लगिएको विद्युतको तार भुईमा रहेको अवस्थामा तारमा कुल्चिदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया