धनगढीस्थित गोदाम, अस्पताललगायत स्थानमा आगलागीबाट १४ करोडभन्दा बढीको क्षति
कैलाली । धनगढी उपमहानगरपालिका–१ स्थित भण्डारी जनरल स्टोरको जुत्ताचप्पल राख्ने गोदाममा करेन्ट सर्ट भई शुक्रबार राति भएको आगलागी फैलिएर नजिकैका अन्य गोदाम तथा अस्पतालमा समेत आगलागी हुँदा करिब १३ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो फैलिएर दल बहादुर भण्डारीको उक्त गोदाम, सँगै जोडिएको टेकेन्द्र शर्माको मधुमाला बेवी सपको गोदाम, बासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगत बहादुर बलायरको सुभिक्षादेवी सपिङ सेन्टरको कपडा गोदाम, यसोदा साउदको न्यू सदिक्षा ईन्टरप्राईजेजको गोदाम, गौरी भण्डारीको भण्डारी सु–सेन्टरको गोदाम, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स र सारथी अस्पतालमा गरी उक्त रकम बराबरको धनमाल जलेर क्षति भएको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी, सिरहा, बाँके, झापामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । सिरहा, भगवानपुर गाउँपालिका–१ धोविटोल बस्ने दिनेश धोबीको घरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किएर शनिबार बिहान आगलागी हुँदा घर, फर्निचरको सर–सामान, भाँडावर्तन, अन्नपात, लत्ताकपडालगायतका सरसामान जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, बैजनाथ गाउँपालिका–१ देउराली मोडस्थित सडकमा कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ च ४४७० नम्बरको गाडीमा वाईरिङ सट भई शनिबार बिहान आगलागी हुँदा गाडी पूर्णरूपमा जलेर क्षति भएको छ ।
झापा, दमक नगरपालिका–४ आस्था टोलस्थित डम्बर खड्काको डम्बर भवानि कृषि फर्ममा परालको भुस बाल्ने क्रममा शनिबार दिउँसो आगलागी हुँदा कुखुरा फर्म र फर्ममा रहेको लोकल कुखुरा अन्दाजी ५ सय वटा र १५ कठ्ठा खेतमा लगाएको धानको पराल समेत जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- (एनपीएल) : विराटनगर किङ्ग्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स विजयी
- स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
- बिआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने
- एनपिएलः विराटनगरद्वारा जनकपुरसामु १२८ रनको लक्ष्य प्रस्तुत
- परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
- नेपाल प्रिमिअर लीगमा खेल्ने विदेशी खेलाडी को कति चर्चित ?
- महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
- दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न : परीक्षण सफल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया