Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएलजीको ओएलईडी टिभीको बजारहिस्सा ५५ प्रतिशत

एलजीको ओएलईडी टिभीको बजारहिस्सा ५५ प्रतिशत


काठमाडौं । एलजी ओएलईडी टिभीले २०२३ को अर्धवार्षिक अवधिसम्म १३ लाख ३० हजारभन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ । मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो छ महिनामा विश्वव्यापी ओएलईडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल भएको हो ।

परिचित ओएलईडी टिभी लिडरको रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा, ओएलईडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको छ । साथै, एलजीले ओएलईडी टिभीको प्रतिष्ठालाई प्रिमिएम टिभी सेगमेन्टको शिखरमा राख्न सफल भएको छ । यस्तै एलजी यसैमा मात्रै सीमित नरही १ करोड टिभि युनिटको (ओएलईडी र एलसिडि) आक्रमक बिक्री गर्न पनि सफल भएको छ । फलस्वरूप एलजी कम्पनीले विश्वव्यापी टिभी बजारको १६ दशमलव दुई प्रतिशत सेयरको खुद नाफा हासिल गरेको छ । यस्तै, कम्पनीले आफ्नो कुल आम्दानीको लगभग ३० प्रतिशत नाफा एलजी ओएलईडीमार्फत प्राप्त गरिरहेको जनाएको छ ।

२०२३को अर्धवार्षिक अवधिमा भएको टिभीको सिपमेन्ट कुल नौ करोड २० लाख युनिट छ, जुन गत वर्षको पहिलो अर्धवार्षिक अवधिको कारोबारसँग तुलनात्मकरूपमा समान छ । यस्तै, यस वर्षको अर्धवार्षिकसम्म मात्र एलजीले २० लाख युनिट बिक्री गरेको छ, जुन बाँकी अर्धवार्षिक अवधिको लागि पनि सकारात्मक रहने बताइएको छ । एलजी ओएलईडी टिभीले अर्धवार्षिक अवधिमा कुल नाफाको नौ दशमलव तीन प्रतिशत हासिल गरी विश्वव्यापी टिभी बजारमा आफ्नो पहिलो स्थान कायम राखेको छ । ओम्डियाले ओएलईडी टिभीले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न तथा दुई लाखभन्दा बढी मूल्य पर्ने टिभी सेगमेन्टको ४३ प्रतिशतसम्म बजार ओगट्ने प्रक्षेपण गरेको छ ।

एलजीले ओएलईडी टिभीहरू विगत लामो समयदेखि नेपाली बजारमा पनि उपलब्ध गराइरहेको छ । ४२ इन्चदेखि ८३ इन्चसम्म उपलब्ध यी टिभीहरूमा अहिले चलिरहेको क्रिकेट वल्र्ड कपको मजा लिन सकिने कम्पनीको दाबी रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया