च्याट जीपीटी निर्माता ओपन एआईका सीईओ अल्टम्यान बर्खास्त
अमेरिका । चर्चित च्याटजीपीटी निर्माता ओपनएआईको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानलाई बर्खास्त गरेको छ । सञ्चालक समितिले आफूहरूसँग राम्रो सञ्चार सम्बन्ध नराखको भन्दै पदबाट हटाएको हो ।
सञ्चालक समितिले अहिलेसम्म उनले दिएको योगदानको लागि कृतज्ञ रहेको तर अहिले नयाँ नेतृत्वको आवश्यकता रहेकोले सो निर्णय गरेको दाबी गरेको छ । उनको बर्खास्तीसिँगै ओपनएआईका प्रमुख टेक्नोलोजी अफिसर मिरा मुरातीले अन्तरिम सीईओको रूपमा काम गर्नेछिन् । स्थायी सीईओका लागि भने औपचारिक खोजी सुरु गर्ने कम्पनीले बताएकोे छ ।
ओपनएआईको सञ्चालक समितिमा प्रमुख वैज्ञानिक इल्या सुत्स्केभर र क्वाराका सीईओ एडम डी एन्जेलो, टेक्नोलोजी उद्यमी टासा म्याककाउली र जर्जटाउन सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजीका हेलेन टोनरजस्ता स्वतन्त्र निर्देशकहरू सामेल छन् ।
अल्टम्यानलाई निष्काशन गरिएको केही समयमै ओपनएआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रोकम्यानले पनि कम्पनीसँगको आफ्नो जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया