काठमाडौं,जेठ २
केही दिनअघि प्रधानमन्त्रीले नै कोरोनामुक्त क्षेत्र भनी काठमाडौँ उपत्यकालाई घोषणा गरेका थिए । घोषणाको हप्तादिन नपुग्दै डरलाग्दो हुनेगरी कोरोना प्रवेशको संकेत देखियो । यतिबेलासम्म संख्या तीन÷चार÷पाँच कति होला तर यसको प्रवेश नै गम्भीर अवस्थाको रह्यो । गम्भीर यसमानेमा कि यो प्रवेश लकडाउनका बेला भयो । अर्को कुरा सरकराले कुनै पनि हालतमा उपत्यका प्रवेश नदिने, उपत्यकाबाट अन्यत्र जानचाहिँ छुट दिने भन्ने नीति अवलम्बन गरेका बेला नै उपत्यकामा यस्तो चित्र देखिएको हो । यस्तो बेला उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोनाको प्रतिनिधित्व भयो । काठमाडौं त्यस्तो जिल्ला हो, जो कोरोना देखिएको पहिलो जिल्लामा पर्छ । यो पहिलो चरणको कुरा थियो । खासगरी हवाइ मार्गबाट आएको कोरोना त्यो मार्ग बन्द भएपछि त्यसको स्रोत पनि बन्द भएको मानिएको थियो । प्रधानमन्त्रीले कोरोनामुक्त भनी बताएका अवस्थाले हवाइ मार्गको प्रभाव समाप्त भएको बुझाउँछ ।
तर, हवाइ मार्गभन्दा अब उपत्यकाका लागि स्थलमार्ग बढी खतरा देखियो । त्यो खतरा कस्तो भने प्रवेश निषेध गरिएको अवस्थामा नै यस्तो प्रवेश भयो । यो भनेको अन्दाज नै गर्न नसकिने अवस्था हो । उपत्यका जनसंख्याको हिसाबले पनि धेरै संवेदनशील क्षेत्र हो । एउटा घरको मान्छेले अर्को घरको मान्छेलाई चिन्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा को कहाँबाट आयो भन्ने जानकारी हुन गाह्रो पर्छ ।
त्यसिमाथि बाक्लो जनसंख्या भएका कारण यसको विस्तार पनि त्यति नै छिटो हुने मान्छन् विज्ञहरू । पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई महिला एक दिनअघि मात्र निजी सवारी साधनमार्फत काठमाडौँ प्रवेश गरेका थिए । यीमध्येका एकजना कतै शंका नभएको अवस्थाकी महिला हुन् । सुदूरपश्चिमको क्षेत्रबाट फर्किएकी हुँद सशस्त्र प्रहरी अस्पतालमा हवल्दार रहेका पतिले कोरोना परीक्षण गर्न सुझाए विवरणमा भनिएको छ । त्यहीअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर स्वाब दिएकी उनमा कोरोना भाइरस ‘पोजेटिभ’ रहेको नतिजा आयो । कथंकाल ती पतिले यस्तो नसुझाएको भए अवस्था के हुने थियो भन्ने अनुमान पनि गर्न सकिँदैन । सबै घरपरिवारमा यस्तो चेतना नहुन पनि सक्तछ । त्यसैकारण लकडाउनको घोषणा भएको हो । यो ठाउँमा आपत्ति के हो भने यी महिला उपत्यका नाका प्रवेशमा कतै अवरोध नभई घर आइपुगिन् ।
‘काठमाडौँमा पनि लकडाउन छ र ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफनामन्त्रीहरूसँग सोधेको यो प्रश्न वास्तवमा नै उपत्यका प्रवेशका सन्दर्भमा र उपत्यकाभित्रकै यातायातको घनीभूत प्रवाहका सन्दर्भमा जोडिन्छ । संसद्मा त झनै गम्भीर रूपले कुरा उठ्यो । सांसदहरूले सत्ताको बलमा काठमाडौँमा कोरोना भित्र्याउने काम भएको भनी कुरा नै उठाए । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर स्वाब दिन खोज्नेहरूको दिनहँु भीड लाग्नेगरेका छन् । त्यो भीडको ठूलो संख्या कोठा प्रवेशका लागि घरबेटीले कोरोना छैन भन्ने प्रमाण मागेको भन्ने कारण देखाइरहेका छन् । यसले पनि बुझाउँछ दिनैपच्छिे यति ठूलो संख्या उपत्यकाबाहिरबाट राजधानी आइरहेको छ । त्यसो नहुँदो हो त सधैँ बसिरहेकोलाई कुनै पनि घरवालाले त्यस्तो प्रमाण माग्ने थिएनन् । उपत्यकामा कोरोना भाइरसको प्रवेश त्यसकारण पनि गम्भीर हुँदै गएको हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया