Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिर्धन उत्थान लघुवित्तको पहिलो त्रैमासिक नाफा ऋणात्मक

निर्धन उत्थान लघुवित्तको पहिलो त्रैमासिक नाफा ऋणात्मक


काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १४ करोड ३० लाख १० हजार नौ सय ५९ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड २५ लाख ५० हजार पाँच सय ८२ रुपैयाँ खुद नाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ६१ करोड २० लाख ७९ हजार सात सय ५० रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा १९ अर्ब ६८ लाख ७३ हजार ७९ रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २९ करोड ३७ लाख ९३ हजार सात सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४३ करोड ७९ हजार आठ सय २४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १२ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा नौ करोड ३३ लाख ८५ हजार छ सय छ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव २९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले १९ अर्ब ११ करोड ४८ लाख पाँच हजार नौ सय ५२ रुपैैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३७ करोड ३९ लाख २९ हजार तीन सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४८ करोड ७६ हजार एक सय २८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड पाँच दशमलव १४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया