Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधौलागिरी लघुवित्तको लाभांश घोषणा

धौलागिरी लघुवित्तको लाभांश घोषणा


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको पछिल्लोपटक बसेको सञ्चालक समितिको बैठकले उक्त परिमाणमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । चुुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको बोनस सेयर वितरणपश्चात् भने चुक्ता पुँजी एक करोड ४६ लाख रुपैयाँले बढेर झण्डै १२ करोड रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया