यार्सा टिप्न रोक लगाएपछि खेती गर्न थाले स्थानीय
आशिषबहादुर सिंह
बझाङ, जेठ ४
बझाङको सुर्मा गाउँपालिकाले यार्सा संकलनमा रोक लगाएपछि स्थानीय बासिन्दाहरू खेती गर्न थालेका छन् । यहाँका स्थानीयहरू वर्षौंदेखि बाँझो रहेको जमीनमा खनजोत गरेर अन्न तथा तरकारी लगाउन थालेका हुन् । यो सिजनमा यार्सा टिप्न लेकतिर जाने यहाँका स्थानीयहरू गाउँपालिकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै यार्सा टिप्न रोक लगाइदिएपछि बाँझो राखिएका जमिनहरू खनजोत गर्नमा व्यस्त छन् । जिल्लाको हिमाली क्षेत्रमा यार्सा संकलन गर्न लागेको झण्डै दुई दशक भयो । यार्सा संकलनबाट मनग्य आम्दानी हुने भएपछि स्थानीयहरूले पाखो जमीनमा अन्न तथा तरकारी लगाउन छोडेका थिए ।
सुर्मा गाउँपालिकाका वडा नम्बर ३ का स्थानीय ५५ वर्षीया तिख्या बोहराले भने, ‘यहाँका स्थानीयका पैसा कमाउने माध्यम भनेको यार्सा नै हो ।’ अहिले देशमा संकट भएकाले यार्सा टिप्न गाउँपालिकाले रोक लगाएपछि लामो समयदेखि बाँझो रहेको जमीन खनजोत गर्ने थालेको बोहराले बताए । गाउँपालिकाका सबै वडाका स्थानीय बासीन्दाहरू यतिखेर कृषि कार्यमा व्यस्त भएका छन् । वैशाख महिनाको पहिलो सातादेखि स्कुले विद्यार्थीदेखि सबैजना यार्सा टिप्न लेकतिर जाने गर्दथे । अहिले यहाँका स्थानीयहरूले बाँझो जमीन खनजोत गरेर कसैले आलु, कोदो, सिमी तथा फलफुल रोप्न थालेका छन् । सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले सरकारले लकडाउनको घोषणा गरेकाले गाउँपालिकाभित्र पनि यार्सा संकलन गर्दा भीडभाड हुने हुँदा यार्सा संकलन कार्य बन्द गरिएकोे बताए । त्यसैगरी जिल्लाका अन्य गाउँपालिकाका स्थानीहरू बाँझो जमीन खनजोत गर्ने काममा जुटेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया