Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्यज्योति लाइफको नयाँ बीमा योजना

सूर्यज्योति लाइफको नयाँ बीमा योजना


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै ’सूर्यज्योति सही प्लान’ योजना सार्वजनिक गरेको गरेको हो ।

कम्पनीका अनुसार यो योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको छ गुणासम्मको रकम फिर्ता हुनेलगायतका विशेषताहरू रहेका छन् । यसबाहेक ऐच्छिक सुविधाअन्तर्गत सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाखसम्मको आर्थिक रक्षावरण गर्न सकिने जानकारी पनि कम्पनीले दिने छ । नेपाली जीवनबीमा क्षेत्रमा नयाँ सोचका साथ आममानिसहरूको आवश्यकता र परिस्थितिलाई मध्यनजर गर्दै भिन्न, आकर्षक र उत्कृष्ट सुविधाहरू भएको ’सही प्लान’ पहिलोपटक सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

नयाँ योजना सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई थिए । उक्त कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेललगायत प्राधिकारणका उच्चपदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, निर्देशकहरू नन्दकिशोर शर्मा, हेमन्त नहाटा, आकाश गोल्छा, चुडामणि देवकोटा र प्रिया तयालको पनि उपस्थिति थियो ।

उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले जनताले लिन सक्ने परम्परागत बीमालेखभन्दा भिन्न सिर्जनशील र विशेषतासहितको योजना सार्वजनिक गरेकोमा सूर्यज्योति लाइफलाई धन्यवाद दिए । उनले परम्परागत बीमालेखभन्दा सूर्यज्योतिले ल्याएको भिन्न बीमालेखबाट आमजनता लाभान्वित हुनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया