Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टार्टअपका लागि इनड्राइभले लगानी गर्ने

स्टार्टअपका लागि इनड्राइभले लगानी गर्ने


काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले आशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने भएको छ । कम्पनीले सो लगानी बराबरको नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको हो ।

न्यु भेन्चर्सको भाइस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुने कम्पनीले जनाएको छ । न्यु भेन्चर्सको लगानी तीव्र वृद्धि र सकारात्मक सामुदायिक प्रभावमा केन्द्रित रहनेछ । कम्पनीले व्यक्ति एवम् समुदायको जीवनमा सुधार गर्ने, विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअपहरू, पोस्ट–सीड÷प्रि–सिरिजए कम्पनीहरू, द्रूत अर्गानिक वृद्धि र हेल्दी इकोनोमिक्स एन्ड क्यास फ्लोलगायतका स्टार्टअपहरूमा लगानी गर्ने बताइएको छ । इनड्राइभको न्यू भेन्चर्स भाइस प्रेजिडेन्ट एन्ड्रिज स्मिथले मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरू गर्ने उदीयमान कम्पनीहरूमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरूलाई मद्दत गरेर अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य लिएको बताए ।

उनका अनुसार उदीयमान बजारहरूमा आफ्नो उपस्थिति र द्रूत वृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरूको तुलनामा पूँजी बजारमा न्यून पहुँच भएका यस्ता कम्पनीहरूमा लगानी गर्न खोजेको हो । आफ्नो व्यवसायलाई वृद्धि गराउन चाहने अन्य नयाँ स्टार्टअपलाई सक्षम बनाउने इन्ड्राइभको लक्ष्य हासिल गर्न आफूले आफ्नै उद्यम निर्माण र लगानी अनुभवलाई प्रयोग गर्ने उनले बताए । इनड्राइभको यो न्यु भेन्चर्स युनिट आफ्नो लगानी रहेको या आफूले अक्वाएर गरेको कम्पनीहरूलाई इनड्राइभको प्लेटफर्ममार्फत तीव्र गतिमा बढाउन केन्द्रित रहेको बताइएको छ । यी कम्पनीहरूले ४५ भन्दा धेरै बजारहरूमा विश्वव्यापी मल्टि–मिलियन कस्ट्युमर बेस, कम्पनीको गो–टु–मार्केट जानकारी र प्रविधिको उपयोग गरेर बजारमा आफ्नो बलियो उपस्थिति बनाउनेछन् ।

एन्ड्रिजले स्टार्टअप र कर्पोरेट संगठनहरूमा मुख्य रणनीतिक भूमिका निभाएका छन् । जसमा मोर्गन स्टेनली र एभिभालगायत प्रमुख कर्पोरेटहरूमा व्यावसायिक रूपान्तरण, एक्विजिसन र एकीकरण गरेको अनुभव रहेको छ । उनले युरोप, मध्यपूर्व र एसिया–प्रशान्तको मुख्य रणनीतिक विकास साझेदार र स्वतन्त्र कर्पोरेट उद्यम निर्माणकर्ता स्ट्राइबरको साझेदारको रूपमा सफल उद्यमहरू पनि निर्माण गरेका छन् । इनड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनल न्यू भेन्चर्सको मुख्य मिसन भनेको परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च वृद्धिको सम्भावना भएका स्टार्टअपहरू पहिचान गर्नु र तिनीहरूको सकारात्मक प्रभाव बढाउनको लागि तिनीहरूको विस्तारमा सहयोग गर्नु रहेको बताए । ‘एन्ड्रिजसँग कर्पोरेट र उद्यम निर्माण अनुभवको एक अद्वितीय मिश्रण छ, जसले गर्दा उनी न्यू भेन्चर्सको नेतृत्व गर्न योग्य र सक्षम छन् । उनको ऊर्जा र अनुभवले हामीलाई हाम्रो लगानी लक्ष्यहरू हासिल गर्न मद्दत गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ’, उनले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया