महेन्द्र शाही
सोलुखुम्बु, जेठ ४
सोलुखुम्बुमा शनिबारबाट लकडाउनलाई थप कडाइ गरिएको छ । जिल्ला सदरमुकाम लगायतका क्षेत्रहरूमा लकडाउन फितलो भएको जनगुनासो आउन थालेपछि लकडाउनलाई थप कडाइ गरिएको हो । लकडाउनलाई कडाइ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु नै सडकमा उपस्थित भएका छन् ।
कोरोना संक्रमण रोक्नका लागि सरकारले अहिले लकडाउन घोषणा गरेको छ । तर, सोलुखुम्बुमा लकडाउन केही खुकुलो भएको गुनासो आइरहेको थियो । अहिले खाद्यान, उपचार र स्वास्थ्य सम्बन्धि सामग्री ल्याएका बाहेक सबै सवारीलाई रोक्न निर्देशन दिइएको लिम्बुको भनाइ छ । यो प्रहरी र सरकारका लागि नभई आफ्नै लागि हो भनेर मनन गर्न उनेले सबैलाई आग्रह गरेका छन् । शनिबारबाट अतिआवश्यक भएका पसलहरूबाहेक सबै होटल तथा पसलहरू पूर्णरूपमा बन्द गरिएको छ । बिनापासका सवारी सञ्चालनलाई पूरै बन्देज लगाइएको डीएसपी लिम्बुले बताए । प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार अहिले प्रहरीले सक्रियता बढाएको हो ।
यो संकटको अवस्थामा सबैको साथ आवश्य रहने देखिन्छ । सडकमा भेटिएका बिनापासका सवारी साधनहरूलाई नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लामा बिनाप्रयोजनका सवारी साधनहरू सञ्चालन हुन थालेको तथा मानिसहरू सहजरूपमा आउजाउ गर्न थालिएपछि थप कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले सोलुखुम्बुले जनाएको छ । सरकारी कार्यालय तथा अन्य कार्यालय खुलेका कारण पनि चहलपहल बढेको स्थानीयले बताएका छन् ।
कार्यालय खुलेपछि सेवाग्राही आएकाले पनि कही मात्रामा चहलपहल बढेको स्थानीयकको भनाइ छ । अहिले जिल्लाभित्रका लागि मात्र प्रशासनले पास दिन पाइनेछ । अन्य पास गृह मन्त्रालयले नै जारी गर्नुपर्ने छ । शनिबार केही खाद्यान्नका पसलहरू खुला गरिए पनि आइतबारबाट निश्चित समय निर्धाण गरेर मात्रै पसलहरू खुल्न दिइने जनाएको छ । साथै शनिबारबाट गाउँगाउँमा समेत लकडाउनलाई थप कडाइ गर्न सम्बन्धित प्रहरीलाई निर्देशनसमेत दिइसकिएको डीएसपी लिम्बुले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया