काठमाडौं, जेठ ४
भारतीय विस्तारवाद र सीमा अतिक्रमणविरुद्ध नेपाली कांग्रेस क्षेत्रीय समिति सिन्धुपाल्चोकले जुलुस प्रदर्शन गरेको छ । खोक्रो राष्टवादको नारा लगाउने तर भारतसँग लम्पसार पर्ने सरकारको प्रवृतिको विरोधमा कांग्रेसले जुलुस निकालेको जनाएको छ । भ्रष्टाचार मौलाउँदै गएको, लकडाउनका कारण मजदुरी गर्न नपाएर मजदुरहरू भोकै पर्न परेको तर उनीहरूलाई राहत दिने विषयमा केही कार्यक्रम नल्याएको विरोधमा बाह्रबिसेमा जुलुस निकालेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए । जुलुसले बाह्रबिसे बजारको परिक्रमा गरेको थियो । बजार परिक्रमापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कांग्रेस महासमिति सदस्य हरिशरण श्रेष्ठले राष्ट्रवादको नारा लगाउने सरकारका प्रधानमन्त्रीले सीमा मिचएिको जानकारी आफूलाई छैन भन्नु लज्जास्पद रहेको बताए ।
‘वर्षौंसम्म सीमा अतिक्रमण गरी डोजर चलाएर सडक खन्दा पनि थाहा नपाउने सरकार कस्तो निन्द्रामा थियो’, उनले प्रश्न गरे । क्षेत्रीय सभापति बस्नेतले यो सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताए । केन्द्रदेखि स्थानीय तहसम्मका नेकपाको सरकारहरू भ्रष्टाचारमा लिप्त भएकाले लकडाउनको अवस्थामा जनताको दैनिक जनजीवनको बारेमा ध्यान दिन नसकेको उनको आरोप छ । उनले भने, ‘दैनिक ज्याला गरेर खानेहरूको जीवन कष्टकर छ उनीहरूलाई राहत दिनुभन्दा लकडाउन लम्ब्याएर अझ आहात दिन सरकार लागिपरेको छ ।’ यसैगरी कांग्रेस नेता युधिर पौडेलले सरकार जनताका कुनै पनि पीरमर्कामा सँगै नरहेको आरोप लगाएका छन् ।
‘सीमामा हजारौं नेपाली अलपत्र परेका र विदेशमा समेत देश फर्काउन धरधरी रोएर अपील गरेकाहरूको कुनै आवाज सुन्ने यो सरकारसँग फुर्सद छैन्’, उनले भने, ‘जनताको जीवनप्रति उदासिन सरकारलाई हामी सधैं खबरदारी गर्छौं ।’ कांग्रेसले सरकारको गलत कदम प्रति सधै विरोध गर्ने जनाएको छ । सीमा अतिक्रमणका बारेमा ठोस कदम नलिए सिन्धुपाल्चोक कांग्रेसले खबरदारी जारी राख्ने बताएको छ । यसैबीच जुलुसमा सहभागी केही नेताकार्याकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ क्षेत्रीय सभापति हेमन्त श्रेष्ठसहित केही नेता कार्याकर्तालाई प्रहरीले पक्राउ गरेको हो । लकडाउन उल्लघंन गरेर नारा जुलुस गरेपछि केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
- लेबनानमा युद्धविराम घोषणा
- सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम कहाँ पुग्यो?
- डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योग सञ्चालकहरुको घरमा प्राधिकरणको लाइन काट्ने तयारी
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया