जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु
काठमाडौं, जेठ ४
इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले दिए । यो सँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् ।
आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए । उनले भने, ‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ । अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नु पर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।’
इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीको भनाई छ । इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया