Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभूकम्प प्रभावितलाई सिमेक्स इन्कको सहयोग

भूकम्प प्रभावितलाई सिमेक्स इन्कको सहयोग


काठमाडौ । सिमेक्स इन्कले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावित समुदायका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ ।

नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको अधिकृत वितरक सिमेक्स इन्क प्रालिले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावित समुदायका लागि सहायता स्वरूप सो रकम उपलब्ध गराएको हो । कम्पनीले सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितहरूका लागि भनी सो रकम उपलब्ध गराएको जनाएको छ । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । यस्तै, कम्पनीले ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष समेत सुरु गरेको छ, जसअन्तर्गत हरेक बीवाईडी डल्फिल बुक गरेमा १० हजार रुपैयाँ र बीवाईडी अट्टो ३ बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुनेछ ।

यो योजना मङ्सिर २३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यी बुकिङहरूबाट जम्मा भएको रकमले भूकम्प प्रभावितहरूलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका ग्राहकहरूको नाम सोसल मिडिया प्लेटफार्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया