नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो ।
आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको छ ।
म्युचुअल समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४९ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशतले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव १५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १० करोड ७६ लाख तीन हजार नौ सय ८३ बराबरको कारोबार भएको राससले जनाएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख ५० हजार १० कित्ता कारोबार भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपाल प्रिमिअर लीगमा खेल्ने विदेशी खेलाडी को कति चर्चित ?
- महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
- दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न : परीक्षण सफल
- सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
- विदेशमा नेपाली कामदारमा रोग निम्त्याउने मुख्य कारण के, तिनलाई कम गर्न विशेषज्ञले दिएका सुझाव कस्ता
- प्रधानमन्त्रीको चीन भ्रमणमा परराष्ट्रमन्त्रीबाहेक मन्त्रिपरिषद्का अरू सदस्य नजानुको कारण
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया