भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । रुपन्देहीको भैरहवामा बुधबारदेखि सुरु भएको छैटौं लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै उनले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिममा परेको बताए ।
‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ’, उनले भने । विमानस्थल सञ्चालनसँगै गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकको आर्कषण केन्द्र बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा करोडौं रुपैयाँ लगानी गरेकाहरूको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ ।’ यस्तै उनले सार्वजनिक निजी साझेदारीमार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा पनि जोड दिए । भैरहवा सेजमा उद्यमी व्यवसायीको सहभागिता गराउनका लागि विभिन्न नीतिगत समस्याहरू रहेको उनको भनाइ छ । यद्यपि, भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवम् घरेलु उत्पादनहरूको प्रवद्र्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
मुलुककै सबैभन्दा धेरै राजस्व संकलन गर्ने भन्सार नाकामध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्ने बताए । रुपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव निकै फलदायी भएकोे अध्यक्ष मल्लको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया