Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्लियरिङ हाउसको ३० प्रतिशत लाभांश

क्लियरिङ हाउसको ३० प्रतिशत लाभांश


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफा मध्येबाट आफ्ना सेयरधनीहरूलाई कुल ३० प्रतिशत लाभांश दिने घोषणाा गरेको हो ।

घोषित लाभांशमध्येमा २८ दशमलव ५० प्रतिशतका दरले हुन आउने २२ लाख ३२ हजार छ सय २१ कित्ता बोनस सेयर रहेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले एक दशमलव ५० प्रतिशतले हुन आउने एक करोड १७ लाख ५० हजार बराबरको नगद लाभांश रहेको छ । कम्पनीले उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात मात्र लगानीकर्ताहरूलाई वितरण गर्नेछ ।

लाभांश वितरणसहित विभिन्न प्रस्तावहरू पारित गर्न कम्पनीले मंसिर १७ गते आइतबारका लागि साधारणसभा आह्वान गरेको छ । सभामार्फत कम्पनीले हाल कायम रहेको अधिकृत पुँजीलाई बृद्धि गरी दुई अर्ब रुपैयाँ पु-याउने, जारी तथा चुक्ता पुँजी वृद्धि गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया