Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधअनलाईनमार्फत ठगी गर्ने चार भारतीय नागरिकसहित नौ जना पक्राउ

अनलाईनमार्फत ठगी गर्ने चार भारतीय नागरिकसहित नौ जना पक्राउ


कैलाली । अनलाईनमार्फत ठगी गरेको अभियोगमा पाँच जना नेपाली र चार जना भारतीय नागरिकसहित नौ जना पक्राउ परेका छन् । अबैध रुपमा आईटी सेक्टर सञ्चालन गरी मनी लाउण्डरिङ, दुर्घटना बिमालगायत विषयमा प्रलोभनमा पारी पोल्याण्डलगायतका नागरिकहरुलाई अनलाईनमार्फत ठगी गर्ने उनीहरुलाई बुधबार साँझ प्रहरीले धनगढी उपमहानरपालिबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका बस्ने २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुर्नवास नगरपालिका बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।

धनगढी उपमहानरपालिका तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा सुनार समेतले अबैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमालगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका नागरिकहरुलाई अनलाईन ठगी गर्ने गरेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर एक, हेडफोन १२ थान र किबोर्ड एक थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइराखेको जनाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया