कुवेतका युवराजधिराजसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं । कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार बायान राजप्रासदमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)का तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरे । राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राससले जनाएनुसार कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिँदै कुवेती युवराजले आर्थिक सहयोगका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल प्रिमिअर लीगमा खेल्ने विदेशी खेलाडी को कति चर्चित ?
- महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
- दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न : परीक्षण सफल
- सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
- विदेशमा नेपाली कामदारमा रोग निम्त्याउने मुख्य कारण के, तिनलाई कम गर्न विशेषज्ञले दिएका सुझाव कस्ता
- प्रधानमन्त्रीको चीन भ्रमणमा परराष्ट्रमन्त्रीबाहेक मन्त्रिपरिषद्का अरू सदस्य नजानुको कारण
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया