मनकामना केबुलकारको वार्षिकोत्सवमा मन्दिर सरसफाइ र रक्तदान
काठमाडौं । नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।
सोही दिन केबलकारको तल्लो स्टेसन चेरेसमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । रक्तदानमा कम्पनीका कर्मचारीलगायत मनकामना दर्शन गर्न आएका भक्तजन पनि सहभागी भएका थिए । २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको मनकामना दर्शन प्रालिले माता मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना र गोरखाको शहीद लखन थापा गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अतुलनीय योगदान गरेको छ । कम्पनीले केबुलकार टिकटबाट भएको वार्षिक आम्दानीको एक–एक प्रतिशत हिस्सा यी दुई गाउँपालिकालाई उपलब्ध गराउँदै आएको छ । उक्त रकमबाट दुवै गाउँमा स्वास्थ्य र शिक्षाका साथै खानेपानी, सडकजस्ता पूर्वाधार विकासमा योगदान पुगेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया