Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरराष्ट्रमन्त्री साउदद्वारा विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह

परराष्ट्रमन्त्री साउदद्वारा विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह


काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले आग्रह गरेका छन् ।

मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको जानकारी दिए ।

कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन् । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गरे ।

यसअघि जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई बिहीबार मन्त्री साउदले मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । भेटका क्रममा उनीहरूबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया