Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमनकामना दर्शन प्रालि पर्यटन विधाको सबैभन्दा ठूलो करदाता

मनकामना दर्शन प्रालि पर्यटन विधाको सबैभन्दा ठूलो करदाता


काठमाडौं । केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा सम्मानित भएको छ ।

मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीबार कम्पनीलाई सम्मानित गरेको हो । सो अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए । प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गरेको मनकामना दर्शन प्रालिले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेसबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले देशका अन्य भागमा पनि केबुलकार सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया