बीवाईडी र ललितपुर सिटी फुटबल क्लबबीच सहकार्य
काठमाडौं । बीवाईडीको नेपालका लागि अधिकृत वितरक सिमेक्स इन्क प्रालिले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने भएको छ । कम्पनीले सो क्लबसँग मोबिलिटी पार्टनरको रूपमा पुनः सहकार्यको सम्झौता गरेको हो ।
यस साझेदारीले कम्पनीको प्रविधि र दिगो विकासको साझा प्रतिबद्धतालाई जोडेको बताइएको छ । शुक्रबार सुरु भएको नेपाल सुपर लिगका नौ फ्रान्चाइज फुटबल टिमहरू सहभागी छन् । तीमध्ये ललितपुर सिटी फुटबल क्लबले बाग्मती प्रदेशको ललितपुरको प्रतिनिधित्व गरेको छ । यो सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । कम्पनीको दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्ने समेत बताइएको छ । ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने बीवाईडीको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकुदबीचको सहकार्य दर्साउनेछ ।
कम्पनीले ललितपुर सिटी फुटबल क्लबसँग पहिलो सिजनका लागि पनि सहकार्य गरेको थियो । २०२१ मा भएको नेपाल सुपर लिगको प्रारम्भिक सिजनमा, ललितपुर सिटी फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको थियो । साइमेक्स इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँगको साझेदारीले खेलको मैदानदेखि बाहिरसम्म खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारी साधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरूलाई स्पष्टसँग देखाउने बताए । ललितपुर सिटी फुटबल क्लब पनि यो सहकार्यलाई लिएर उत्तिकै उत्साहित रहेको क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बताउँछन् । यो सहकार्य फुटबल मैदानबाट बाहिर पनि दिगो विकास र विविध सम्भावनासहितको भविष्य निर्माणमा सहयोगी हुने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया